---Advertisement---

म्याग्दीका बाढीपहिरो प्रभावितलाई मोना जापानको ५ लाख सहयोग

On: September 28, 2026 9:06 PM
Follow Us:

भिषण बर्षासँगै आएको बाढीपहिरो र नदी कटानबाट प्रभावित म्याग्देलीको राहत तथा उद्धारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मोना जापानको सोमबार बसेको कार्यसमिति बैठकले आफ्नो कोषबाट प्रारम्भिक चरणमा पाँच लाख रुपैयाँ मोना मोना अन्तर्राष्ट्रियको खातामा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो । मोना आइइसीमार्फत उक्त सहयोगलाई जिल्लामा हस्तान्तरण गरिने छ ।


मोना अन्तर्राष्ट्रियसँग थप समन्वयको जिम्मेवारी मोना जापानका उपाध्यक्ष सागर कार्कीलाई दिइएको अध्यक्ष श्रेष्ठको भनाई छ । मोना जापानले म्याग्दीमा प्राकृतिक विपत्तिका साथै विभिन्न समयमा आवश्यकताअनुसार सामाजिक तथा मानवीय सहयोग गर्दै आएको छ । यसअघि भोटेकोशीमा आएको बाढीका कारण प्रभावितलाई रु ५ लाख सहयोग गरेको मोना जापानका महासचिव सुरेश पुनले बताउनुभयो ।मोना जापानले हरेक बर्ष म्याग्दीका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छ ।

Leave a Comment