अविरल वर्षासँगै निम्तिएको बाढीपहिरो र नदी कटानका कारण विस्थापित भएकालाई आपतकालिन राहत स्वरुप म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रि«य कार्यकारी समिति जिल्ला प्रशासनमार्फत हस्तान्तरण गर्ने गरी १५ लाख सहयोग गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मोनाको आकस्मिक बैठकको म्याग्दी जिल्लामा विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, म्याग्दीसँग आवश्यक समन्वय गरी तत्कालको आवश्यकतालाई प्राथमिकतामा राख्दै लत्ताकपडा, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रयोग गर्ने निर्णय गरिएको मोना अन्तराष्ट्रि«यका अध्यक्ष मिम पूर्जाले बताउनुभयो ।
‘प्राकृतिक विपत्तीमा परेकालाई कुनै अभाव हुन नदिन सानो सहयोग गरेका छौ, आगामी दिनमा पनि सक्ने सहयोगमा सहकार्य गर्नेछौ’ अध्यक्ष पूर्जाले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयमार्फत घरबारविहीन तथा विस्थापित भएका परिवारहरूका लागि अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था गर्न आवश्यक सामग्री खरिद गर्नेछ भने मोनाले प्रतिबद्धता अनुसारको सहयोग हस्तान्तरण गर्ने कोषाध्यक्ष नरेन्द्र फगामीले बेनीअनलाइनलाई बताउनुभयो ।
मोनाको बैठकमा अतिरिक्त, प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि विश्वभर रहेका मोनाका राष्ट्रिय समितिहरू तथा शुभेच्छुकहरूलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग रकम संकलन गरी अभियानमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ । मोनाले संकलित सम्पूर्ण सहयोग रकम तथा राहत सामग्री जिल्ला प्रशासन कार्यालय, म्याग्दी तथा सम्बन्धित स्थानीय निकायसँगको समन्वयमा वास्तविक पीडित तथा प्रभावित परिवारसम्म पारदर्शी र प्रभावकारी रूपमा पु¥याउने तथा सहयोगको विवरण सम्बन्धित सबै पक्षलाई जानकारी गराउने महासचिव सुवास राम्जालीले जानकारी दिनुभयो ।
मोनामार्फत बाढीपहिरोमा गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सम्पूर्ण प्रभावित परिवारको सुरक्षित पुनस्र्थापनाका अभियानमा सबै संघसंस्थालाई आर्थिक, भौतिक र नैतिक सहयोगका लागि समेत अनुरोध गरेको छ।
जिल्लामा राहत तथा पुर्नस्थापनाका लागि एकद्धार प्रणालीमार्फत प्रभावकारी हुने भएकाले मोनाले जिल्ला विपद् ब्यवस्थापन समितिमार्फत सहयोग गरेको समितिको बैठकमा मोनाको तर्फबाट सहभागि संस्थापक अध्यक्ष तेजप्रकाश पुनले जानकारी दिनुभएको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बाढीपहिरोबाट विस्थापितलाई आवश्यकताको आधारमा राहत वितरण गरिने बताउँदै सहयोगदातालाई आवश्यक विवरण दिने र खरिद गरेपछि पिडितलाई हस्तान्तरण गरिने बताउनुभयो ।
यसअगाडी बि.स २०७७ सालमा बाढीपहिरोबाट विस्थापितलाई २ करोड रुपैयाँबाट बिमसहित जिल्लाभर ४० वटा घर पुनःनिर्माणमा सघाएको थियो । उक्त समयमा मोनाले प्रतिघर ५ लाख रुपैयाँभित्र ३ कोठे घर र एउटा शौचालय बनाएर उपलब्ध गराउने जनाएको छ। मालिकाको बिममा १०, धवलागिरिको मराङमा १०, धारापानीमा ४, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४÷४ वटा घर बनाइएको थियो ।










