म्याग्दीको बेनी नगरपालिका–९ धार्मिकस्थल गलेश्वर हुदै काउँलेगौंडा तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक माथिको सल्लाको रुख ढलेर च्याप्दा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

लु ११ प ४२३३ नंवरको मोटरसाईकलमा जाँदै गरेका जाजरकोट ठेडगड नगरपालिका–१३ ओलमुल्ला बस्ने बर्ष २४ का शर्मालाल आचार्य र स्याङ्गजा गल्याङ नगरपालिका–१९ पकवादी बस्ने बर्ष २५ का रोशन उपाध्याय घाईते भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘घाईतेको उपचार भइरहेको छ,‘एक्कासी रुखले चोट लागेपछि तत्कालै उपचारका लागि ल्याइएको थियो’ प्रनाउ कुँवरले भन्नुभयो । यसैबीच घाईतेलाई थप उपचारका लागि प्रभु हेलिकप्टरबाट पोखरा पठाइएको छ ।

Leave a Reply