सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मालिका गाउँपालिका वडा नम्बर ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ। बिहिवार सम्पन्न अधिवेशनले दुवै वडामा कार्यसमिति चयन गरेको छ ।वडा नम्बर ६को।दल बहादुर गुरुङको सभापतित्वमा नयाँ वडा समिति निर्वाचित गरेको छ ।अधिवेशनबाट उपसभापतिमा नन्द कुमारी जैसी, सचिवमा खीमानन्द निउरे निर्वाचित भएका छन्।त्यस्तै सदस्यहरूमा चन बहादुर विक, दिल कुमारी श्रीपाली, लक्ष्मी चापाई, खिरदेवी किसान, जुनु कुमारी छन्त्याल, रामलाल सुनार र भूमिराज पुन निर्वाचित भएका छन्।

यसैगरी सोही गाउँपालिका ४, च्युरीबोटमा सम्पन्न प्रथम वडाअधिवेशनले शेरबहादुर घर्तीको सभापतित्वमा सर्वसम्मत रूपमा वडा समिति चयन गरेको हो।नवगठित वडा समितिको उपसभापतिमा चित्रा पुन र सचिवमा जीवन पुन चयन भएका छन्।
सदस्यहरूमा हिराबहादुर पुन, हर्कबहादुर बुढाथोकी, जगबहादुर श्रीपाली, बलिराम श्रीपाली र बिनिता पुन चयन भएका छन् ।अधिवेशनबाट निर्वाचित नयाँ समितिले पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा जनमुखी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।











