---Advertisement---

म्याग्दी जेसीज कप मङ्सिर १४ देखि १९ गतेसम्म हुने

On: September 24, 2026 9:57 PM
Follow Us:

म्याग्दीमा २४ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर १४ देखि १९ गतेसम्म सम्म हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन बिहिबार विहान जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा गरिएको थियो ।


पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका कोषाध्यक्ष प्रतिस श्रेष्ठको मुल संयोजकत्वमा विभिन्न २० वटा उपसमिति सहित तयारीमा जुटेका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले बताउनुभयो । ‘प्रतियोगितालाई विगतको भन्दा भब्य बनाउने योजनामा छौ, खेल प्रतिभालाई प्रोत्साहनसहितका कार्यहरुमा सधै सक्रिय छौ’ अध्यक्ष विश्वकर्माले भन्नुभयो । प्रतियोगिताको टाईटल प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५५ हजार ५५५ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३५ हजार ५५५ पुरस्कार प्रदान गरिनेछ ।


प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गालकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड िफल्डर, राईजिङ प्लेयर, उत्कृष्ट कोच,अनुशासित टिम नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको मुल संयोजक श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि उत्साहजनक उपस्थिती हुने शाखा अध्यक्ष विश्वकर्माको भनाई छ । प्रतियोगितामा कुल आम्दानी ७ लाख ७४ हजार खर्च हुने अनुमान गरिएको महासचिव गोकुल सुनारले जानकारी दिनुभयो ।

म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ । म्याग्दीमा फुटबल प्रतिभाको उत्पादनका लागि म्याग्दी जेसीजको योगदान रहेको छ । जिल्लामा हरेक विद्यालयमा रहेका फुटबल प्रतिभाले जेसीज कपलाई प्राथमिकता दिएर अभ्यास गर्ने गरेका छन् भने विद्यालयले प्रतिष्ठाको विषय बनाउने गरेको छ ।

Leave a Comment