म्याग्दीको रघुगंगा गाउँपालिकाले लामो समयसम्म कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरेको छ ।

गाउँपालिकाको शिक्षा शाखाले ८ वटै वडामा रहेका आधारभुत तथा मावि गरी ३३ विद्यालयका करिब ३ हजार विद्यार्थीलाई घर तथा पायक पर्ने स्थानमा अध्ययनका सहज हुने गरी साम्रागी वितरण गरेको श्रोतब्यक्ति प्रेम थापाले जानकारी दिनुभयो।‘विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा पुस्तक निकै फलदायी सावित हुनेछ,‘स्वअध्ययानका लागि विद्यालयले यसअगाडी पनि धेरै काम गरेको छ’ थापाले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, शिक्षा शाखा अधिकृत कृष्ण सुवेदीले विद्यालयका प्रधानाध्यापकलाई कक्षा १ देखि १० सम्मका विद्यार्थीको लागि गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयलाई समेटेर स्वअध्ययन सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा अध्यक्ष भण्डारीले विद्यार्थीको शैक्षिक गतिविधिलाई सघाउन पुग्ने थप योजना बनाउन समेत शिक्षा शाखालाई निर्देशन दिनुभएको थियो । विद्यालयमा अध्यापन हुने ९० दिनको कोर्षलाई स्व अध्ययन सामग्रीमा समेटिएको छ ।

बालबालिकालाई घरमै बसेर पढ्ने बातावरण सृजना गर्नका भौगोलिक विकटता, विद्युत लगायतको समस्याले रेडियो र टेलिभिजनबाट हुने अध्यापन प्रभावकारी नभएको अवस्थामा गाउँपालिका भित्रका केही विद्यालयले घुम्ती कक्षा समेत सञ्चालन गरेका थिए ।

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार स्व अध्ययन सामग्री तयार गरी प्रधानाध्यापक मार्फत हरेक विद्यार्थीको हातमा उपलब्ध गराई अभिभावकलाई समेत घरमै बसेर पढ्ने, सिकाई अभ्यासमा सघाउन अनुरोध समेत गरिएको छ ।

Leave a Reply