DofUbLsf] lrdvf]nf ufpF DofUbLsf] /3'u+uf ufpFkflnsf & l:yt lrdvf]nf ufpF . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला आसपास केन्द्रविन्दु भई चार रेक्टर स्केलभन्दा सानो भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भरत कोइरालाका अनुसार विहान ९ः४ बजे ३ रेक्टर स्केल र त्यसको केही समयपछि २.९ रेक्टरस्कलको भूकम्प गएको हो । ‘यसले कुनै क्षती हुदैन्,‘आसपासमा धक्का महसुस हुन्छ’ कोइरालाले बेनीअनलाइनलाई भन्नुभयो ।

म्याग्दी आसपासका क्षेत्रमा सानो–सानो भूकम्पको जाने गरेको बताउँदै त्यस क्षेत्रमा चार रेक्टरस्कलभन्दा माथिको भूकम्पको समेत पछिल्ला केही बर्ष यता मापन भइरहेको बताउनुभयो। भूकम्पको धक्का बेनीबजार, पर्वत बेनी लगायत आसपासका क्षेत्रमा समेत महसुस भएको थियो ।

४ रेक्टरभन्दा तलको भूकम्पलाई धक्का महसु्स भएको जानकारीपछि मात्रै अध्ययन गर्ने गरिन्छ । साविकको धवलागिरी अञ्चलमा दुईदशक यता सबैभन्दा ठूलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको छ भने म्याग्दी जिल्लालाई केन्द्रविन्दु बनाएर गएको ४.३ रेक्टरसम्म भूकम्पको महसुस भएको छ । म्याग्दीमा सबैभन्दा धेरै पश्चिम क्षेत्रमा केन्द्रविन्दु बनाएर जाने गरेको छ । त्यस क्षेत्र भूकम्पको जोखिम मानिन्छ ।

Leave a Reply