---Advertisement---

म्याग्दीका रेशम बानियाँको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

On: October 3, 2026 7:43 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले पार्टीको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुनुभएका बानियाँ जिल्लाबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएपछि उम्मेदवारी घोषणासँगै जिल्ला र प्रदेशका नेता, कार्यकर्ता र केन्द्रीय नेतासँग चुनावी अभियानसमेत तीव्र पार्नुभएको छ ।


म्याग्दी कांग्रेसमा दुई कार्यकाल सचिव, दुई कार्यकाल उपसभापति हुँदै एक कार्यकाल सभापति बनेका बानियाँले विशेष महाधिवेशनपछि कांग्रेसका विभिन्न जिल्लामा जरा अभियानको नेतृत्व गरेर समेत खटिनुभएको थियो ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि मन्त्रिपरिषद्बाट मनोनीत हुने २७ जनाको सूचीमा पर्नुभएको थियो । पार्टी सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय सदस्यमा विजयी भएर सबल र सुदृढ कांग्रेस बनाउने अभियानलाई शसक्त ढंगले अघि बढाउने प्रतिवद्धता समेत बानियाँको छ । बि.स २०३६ सालमा भएको जनमत संग्रहबाट कलिलै उमेरमा राजनीतिमा होमिनुभएका बानियाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता हुनुभएको थियो ।


२०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको कलिलै उमेरमा सदरमुकाम बेनीबजार रहेको अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित भएर काम गर्नुभएको थियो । बि.श २०६४ मा सम्पन्न भएको पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार समेत हुनुभएको थियो । म्याग्दीमा राजनीतिक र सामाजिक कार्यमा सँगै सक्रिय भएर काम गर्नुभएका बानियाँले आफ्नो पक्षमा मतदानका लागि समेत महाधिवेशन प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ ।

Leave a Comment