---Advertisement---

समुदायको सक्रियतामा देउतिनी आमा समुह बुजेकको भवन उद्घाटन (भिडियो)

On: October 2, 2026 11:40 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका–६,देउतिनी आमा समुह पाखापानी बुजेको भवन उद्घाटन गरिएको छ । स्वदेश तथा विदेशमा रहेका बुजेकबासीको सक्रियता तथा स्थानीय विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको भवनको स्थानीय समाजसेवी पूर्णबहादुर पुन र जेष्ठ नागरिक पुनदेवी सेरपुजाले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।

भवन निर्माणका लागि विदेशमा रहेका बुजेकबासीको सक्रियतामा सञ्चालित अभियानका साथै स्थानीयबासी, शुभचिन्तकमार्फत १५ लाख ४९ हजार ५ सय २३ रुपैयाँ आर्थिक संकलन गरी एक तले भवन निर्माण गरिएको आमा समूहका अध्यक्ष लालकुमारी सेरपुजाले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण सम्पन्न गर्नका लागि संकलन भएको आर्थिकबाट ११ लाख ९७ हजार ४१३ रुपैयाँमा भवन तयार गरिएको थियो ।


२१ घरधुरी रहेको बुजेकमा हुने सामुहिक कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित गतिविधिका लागि भवनको प्रयोग गरिने छ । भवन निर्माणमा आर्थिक अवस्था कमजोर भएकाहरुले समेत आफ्नो क्षमता अनुसार सहयोग गरेका छन् । भवन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पूर्ण बहादुर पुनले समुदायको एकता र सहकार्यको उदाहरण बजेक गाउँबाट लिन सकिने बताउनुभयो। ‘गाउँले मिलेर काम गर्नुभएको छ, सबैको साथ भयो भने सफलता मिल्छ भन्ने उदाहरण यो भवन हो’ प्रमुख अतिथि पुनले भन्नुभयो । उहाँले भवनलाई सीपमूलक तालीमसहित विभिन्न गतिविधिमा समेत प्रयोग गर्नुपर्ने बताउनुभयो ।


सोही अवसरमा स्थानीय अगुवा त प्रसाद सेरपुजाले सडक सञ्जालको अभावले बिरामी र जेष्ठ नागरिकलाई सास्ती भएको बताउँदै गाउँसम्म सडक विस्तारमा सरकारी निकायबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । ‘धेरै गाउँमा सडक पुगेको छ, हाम्रोमा अहिलेसम्म आएको छैन, हामीले पनि सक्ने सहयोग गछौै’ अगुवा सेरपुजाले भन्नुभयो । पाखापानी र कोटगाउँबाट बुजेकमा बस्ती विस्तार गरिएको थियो । बि..स २०५९ सालमा स्थापना भएको समुहले बि.स २०६८ सालदेखि संस्थागत रुपमा गतिविधि सुरु गरेको समुहकी सचिव दुर्गादेवी सेरपुजाले जानकारी दिनुभयो ।


भवन उद्घाटन कार्यक्रममा भवनमा निर्माणमा प्राविधिक सहयोग गर्ने स्थानीय रामबहादुर सेरपुजालाई दोसल्लासहित सम्मान गरिएको थियो । सोही अवसरमा कोत समाज बेनी आमा समूह,चेतनशील आमा समूह, कोटगाउँ, जनप्रिय आमा समूह, कालमुडा, लालीगुराँस आमा समूह कालाबाङ, कमनाथ टोलसुधार आमा समूह,थिरबाङ आमा समूह, देउतिनी आमा समूह, बुजेकले नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा आमा समुहले समेत भवन बनाउन सहयोग गरेका थिए । स्थानीयबासीको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा भवन बनाउन अगुवाई गर्ने सल्लाहकार समितिका सदस्यसहित चन्दादातालाई धन्यवाद ज्ञापन गरिएको थियो ।


नौमती भुमे बाजा समुहले स्वागत गरेको भवनलाई अभावलाई झेल्दै गाउँका दिदिबहिनीहरुको भवन निर्माण हुनु भनेको महिलाहरुले अवसर पाए उदाहरणीय काम गर्न सक्छन् यसले पनि प्रमाणित गरेको हाल पोर्चुगल रहनुभएका चन्द्र शेरपुञ्जा मगरले बताउनुभयो । भवन निर्माण भएपछि गाउँमा सामाजिक कार्य लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने भएकाले सहयोगदाताको सहयोगकाल समेत धन्यवदा दिनुभयो ।

आमा समुहकी अध्यक्ष लालमायाँ सेरपुजाको अध्यक्षता र सञ्चालन पाखापानीका यूवा बिशाल पुनले गर्नुभएको थियो । उदाहरणीय र प्रशंसनीय काम गरिएको भन्दै छिमेकी दर्मिजासहित विभिन्न स्थानबाट आएका संघसंस्थाका प्रतिनिधिले समेत धन्यवाद दिएका थिए। उक्त बस्तीमा पुग्न पाखापानीबाट करिब आधा घण्टाको तल पैदलयात्रा गर्नुपर्छ ।

Leave a Comment