म्याग्दीबाट उपचारका लागि पोखरा गएका दुई महिलामा कोरोना संक्रमणको पुष्टी भएपछि सम्पर्कमा रहेका कन्ट्रयाक्ट ट्रेसिङ गरी होम क्वारेन्टाइनमा राखिएको छ।

बागलुङ नगरपालिका वडा नं १४ स्थायी घरभई हाल बेनी नगरपालिका–७ बेनीबजारमा बस्ने ५४ बर्षिया महिलाको सम्पर्कमा रहेका ७ जना र मालिका गाउँपालिका–५देविस्थानकी महिलाको परिवार र सम्पर्कमा रहेका ७ जननालाई होम क्वारेन्टाइनमा राखेको हो ।

देविस्थानकी महिला गएको असोज १५ गते पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना देखिएको थियो भने असोज २१ गते पोखरा गएकी बेनीकी महिलालाइ शनिबार फेवा सिटी हस्पिटलमा कोरोना पुष्टी भएको थियो ।

दुवै महिलालाई जिल्ला भित्रै संक्रमित भए वा अस्पतालमा भएको भन्ने बारेमा पुष्टी हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए। ‘पोखरा गएका दुईवटा बिरामीमा कोरोना पुष्टी भएको छ,‘संक्रमति अस्पतालमै भएकाले यहाँ त्रसित हुनुपर्ने अवस्था छैन्, सतर्कता आवश्यक छ’ लम्सालले भने ।

संक्रमतिको सम्पर्कमा रहेकाको स्बाब संकलन गरी पिसिआर रिर्पोट नआउँदासम्म होम क्वारेन्टाइनमा राखिएको लम्सालको भनाई छ । अति आवश्यक काम बाहेक जिल्ला बाहिर नजान समेत स्वास्थ्य कार्यालयले अपिल गरेको छ ।

चाडपर्वमा जिल्ला बाहिरबाट धमाधम प्रवेशको जोखिकै क्रममा उपचारका क्रममा गएकामा कोरोना देखिएपछि कोभिड–१९ कमाण्ड पोष्टबाट थप कडाई गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् ।

पछिल्लो समय कोरोना समुदायस्तरमा फैलिएको काठमाण्डौ र तराईका जिल्लाबाट समेत समुदायस्तरमै आउने क्रम बढेपछि कोरोनाको संक्रमणको जोखिम ह्वात्तै बढेको पछि होम क्वारेन्टाइनको कार्यान्वयनलाई प्रभावकारी बनाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply