---Advertisement---

आज बडादसैँको अन्तिम दिन : महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बसेर दसैँलाई बिदा गरिँदै

On: October 25, 2026 8:05 AM
Follow Us:

नेपालीहरूको महान् चाड बडादशैं अर्थात् दुर्गा पक्ष आज कोजाग्रत पूर्णिमाका दिन विधिपूर्वक समापन हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको १५ दिन लामो दशैं पर्व आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना र रातभर जाग्राम बसेर बिदा गरिँदैछ । विगत १५ दिनदेखि घरघरमा हर्षोल्लासका साथ मनाइएको बडादशैँको यो १५औँ दिन अर्थात् पूर्णिमा तिथिको विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ ।

कोजाग्रत पूर्णिमाका दिन साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेमा देवीले धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास छ । यस दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा सवार इन्द्रको पूजा गर्ने तथा राति जुवा खेल्ने परम्परासमेत रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न हुनेछ । यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम अन्त्य हुनेछ । आजै जमरा नदी, तलाउ तथा पोखरीलगायत पवित्र स्थलमा विसर्जन गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दुर्गा पक्ष नवरात्र र विजयादशमीपछि पनि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ । यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ ।

Leave a Comment