विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरोस्थलको शनिबार निरीक्षण गरी बर्खा अगाडी नै समस्या समाधानका लागि प्रयास भइरहेको बताउनुभएको छ ।
लागि शनिबार म्याग्दी आउनुभएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा बर्खा र हिउँदको समयमा सुख्खा पहिरो खस्न थालेपछि दिर्घकालिन समाधानका उपायका बारेमा मन्त्री पुनले हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको छ ।

मन्त्री पुनसहितको टोली अहिले पहिरोस्थलमा भइरहेको मर्मतकार्य तथा थप योजनाका बारेमा प्राविधिक सहितको टोलीसँग जानकारी लिने क्रम रहेको राष्ट्रि«य स्वतन्त्र पार्टी म्याग्दीका सभापति यूवराज रोकाले बेनीअनलाइनलाई बताउनुभयो । निर्वाचित भएपछि तेस्रोपटक पहिलोस्थलको निरीक्षण गर्नुभएका मन्त्री पुनले एकबर्ष भित्र पहिरोको स्थायी समाधान गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
गत शनिबार सुख्खा पहिरो खसेपछि अवरुद्ध रहेको सडक मर्मत गरेपछि माथिल्लो क्षेत्रबाट निरन्तर खसेको पहिरोले सवारीसाधन र यात्रुलाई आवतजावतमा समस्या भइरहेको छ । बिहिबार मन्त्री पुनको अनुरोधमा पुर्बाधार बिकाश मन्त्री माननिय सुनिल लम्सालसहितको टोलीले समेत पहिलोस्थलको अनुगमन गरी फर्किनुभएको थियो ।

हालसम्मको विकल्प बाहेक छिटो र बर्खा अवधिमै सम्पन्न हुने गरी पहिरोको ब्यवस्थापनमा मन्त्री पुनको चासो रहेको छ ।चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि संघ सरकारबाट चार करोड र प्रदेश सरकारबाट पक्की पुलका लागि टेन्डरको प्रक्रियामा रहेको छ ।
पहिलोस्थलकै बाटो मर्मतको सम्भावना न्यून रहेकाले बैकल्पिक बाटोबाट सहज बनाउनुपर्नेमा प्राविधिक पक्षको भनाई छ । बैकल्पिक मार्ग समेत करिब पाँच महिनाको अवधिमा सम्पन्न नगर्न नसके बर्खाको समयमा झनै सास्ती खेप्नुपर्ने अवस्था रहेको छ । फापरखेतमा विस २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखिकै पहिरो रोकथाममा करोडौ खचिएको छ ।










