म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सको अध्यक्षमा दिलकुमार गर्बुजा चयन हुनुभएको छ। संघको पाँचौँ अधिवेशनले गर्बुजाको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मनबहादुर सेन्चुरी, उपाध्यक्षमा रेक पुन, महिला उपाध्यक्षमा सोसिमा रकाल, महासचिवमा पुनः महेन्द्र बोहोरा, सचिवमा कृष्टी बानियाँ केसी, कोषाध्यक्षमा लेककुमारी सेर्चन र सहकोषाध्यक्षमा सुशिला बोहोरा क्षेत्री चयन हुनुभएको छ।
त्यसैगरी युवा संयोजकमा रमेश बोहोरा क्षेत्री, युवा सहसंयोजकमा गन्नु भण्डारी र महिला संयोजकमा देवी हमाल चयन हुनुभएको छ। कार्यसमिति सदस्यमा राजकुमार बस्याल, सन्तोष पुन, टीकाबहादुर खत्री, दलबहादुर बुढाथोकी र सफल खड्का चयन हुनुभएको छ। सफल खड्कालाई लिजियो आर्मी क्याम्प संयोजकको जिम्मेवारीसमेत दिइएको महासचिव बोहोराले बताउनुभयो ।

अधिवेशनबाट संस्थापक अध्यक्ष हेम बानियाँ, पुर्व अध्यक्ष पदम शेरचन, र देवेन्द्र केसी संरक्षक चयन गरिएको छ । त्यस्तै तप्त भण्डारी, लक्ष्मी भट्टचन, प्रताप मल्ल र दिलबहादुर सुनार सल्लाहकार मण्डलमा रहनुभएको छ भने निर्वतमान अध्यक्ष ओम गौचन प्रमुख सल्लाहकार चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष दिलकुमार गर्बुजाले अधिवेशनबाट चयन हुनुभएका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले नयाँ कार्यसमितिसँग सहकार्य गर्दै संस्थालाई थप सशक्त, व्यवस्थित र एकताबद्ध बनाउने बताउनुभयो ।

सोही अवसरमा निर्वतमान अध्यक्ष गौचनले आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं आगामी दिनमा पनि निरन्तर संस्थागत गतिविधिमा सक्रिय हुने बताउनुभयो ।
यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट तिहारमा देउसी–भैलो कार्यक्रम,फ्रान्समा रहनुभएका सम्पूर्ण म्याग्देलीहरूको तथ्याङ्क सङ्कलन तथा सोही तथ्याङ्कका आधारमा सदस्यता वितरण,विभिन्न उपसमिति गठन तथा कार्यसमितिमा सदस्य थप,२०२६–२०२८ कार्यकालको वार्षिक कार्यतालिका निर्माण गर्ने लगायतका विषयमा छलफल हुने सचिव कृष्टी बानियाँ क्षेत्रीले बताउनुभयो ।















