---Advertisement---

गायक रवि कार्कीको ‘बोली वचन’ सार्वजनिक (भिडियोसहित) 

On: October 25, 2026 9:23 PM
Follow Us:

हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकारको रुपमा परिचय बनाएका म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका गायक रवि कार्की र गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘बोली वचन’ सार्वजनिक भएको छ । प्रेमिल शब्द, सुरिलो गायन र आकर्षक दृश्य संयोजनले गीतलाई भावनात्मक बनाएको छ ।

गीतको मौलिक विशेषता प्रेमलाई ठुला वाचा वा प्रदर्शनभन्दा बोलीको मिठास, व्यवहारको सरलता र मनको आत्मीयतासँग जोड्नु हो । प्रेममा बोलिने शब्दले सम्बन्धमा निकटता बढाउने र सानो संवादले पनि मनमा गहिरो प्रभाव पार्ने भाव गीत तथा भिडियोमा अभिव्यक्त गरिएको छ । प्रवीण खत्री ‘ठुले’को शब्द र कार्कीको संगीत रहेको गीतमा विश्वास नेपालको संगीत संयोजन छ । गीतले प्रेममा आकर्षणसँगै मिठासपूर्ण संवाद, आत्मीयता र एक अर्काप्रतिको सम्मानलाई उजागर गरेको छ । दुई फरक स्वरको संयोजनले गीतको प्रेमिल भावलाई थप जीवन्त बनाएको छ ।

एकेन्द्र साराशंकरको निर्देशनमा बनेको म्युजिक भिडियोमा कार्की सँगै सुज्यान सिंह खड्काले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन र सुजन कोइरालाको सम्पादन रहेको भिडियोमा प्रेमिल भेटघाट र भावनात्मक सम्बन्धलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ । गीत शनिबार कार्कीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

Leave a Comment