रघुगंगा गाउँपालिकामा पुर्ण कृषिमै आस्रित परिवार ज्यादै न्यून छ । कृषि पेसासँग आवद्ध नभएको परिवार पनि रघुगंगा भित्र कम मात्रामै रहेका छन । तर ठूलो मत्रामा जिविको पार्जनको शिलशिलाममा मात्र कृषिजन्य सामाग्री उत्पादनभैरहेको छ । व्यवसायीक रुपमा न्यून मात्रामा भेडा,कुखुरा, तरकारी र फलफूल उत्पादन भैरहेको छ ।

जिल्ला विकाश कार्यक्रम तथा तथ्याङ्क पुस्तिका, आ.ब. ०७२/७३ अनुसार रघुगंगामा कुल जग्गाको क्षेत्रफल ४०,६८५ हेकटर रहेको छ । सो मध्य खेती गरिएको जमिन ३,३५९ हेक्टर रहेको छ । सिंचाई सुविधाको आधारमा २४० हेक्टर जमिनमा बाह्रै महिना सिंचाई सुविधा रहेको छ  भने ३८९ हेक्टर जमिनमा मैसमी अर्थात बर्षा याममा मात्र सिंचाई हुन्छ । त्यसै गरि यस गाँउपालिकाको २,८२१ हेक्टर खेति भैरहेको जमिन सधै असिंचित नै रहन्छ ।

यो तथ्याङ्क हेर्दा रघुगंगाको कृषि क्षेत्रको पहिलो र गहन समस्या भनेको सिंचाई नै हो । हामी सँग पानिको मुहानको समस्याले  गर्दा सिंचाईको समस्या देखिएको हैन् । हामी सँग भएको साधन र श्रोतको प्रयोगका लागी प्राथामिकता कृषि क्षेत्र नपर्नु मुख्य कारण हो ।  यस समस्याको समाधानका लागी आवश्यकताको मात्रा मुल्याङ्कन गरि प्राथामिताका आधारमा सिंचाईको व्यवस्थापन गर्नु पर्छ ।

त्यस्तै कृषि क्षेत्र प्राथामिकतामा पर्न नसक्नुको कारण जग्गाको वितरण प्रणाली हो । जो कृषि कर्मलाई जिविको पार्जनका साथै व्यवसायीक बनाउन खोज्छ, उनिहरुसँग उचित र प्रयाप्त जमिनको अभाव छ । स्थानिय सरकारले कृषिमा आश्रितको जनसङ्ख्यालाई अन्य बैकल्पिक रोजगारको बिकल्प प्रधान गरि खेति योग्य जमिनलाई स्थानिय सरकारले लिजमा लिदै सामुहिक तथा व्यवसाहिक उत्पादनका लागी जोड दिनु अबको आवश्यकता हो । यसका लागी उत्पादनको प्रकृतीको अध्ययन गर्दै कृषि ब्लक घोषणा गर्दै कृषि क्षेत्र अघि बढाउनु पर्छ ।

यो प्रकृया रघुगंगा गाउँपालिकाले सुरु गर्ने प्रयास गरेको थियो तर अध्यन, अनुसन्धान र दिगो योजनाको कमिले सोचे अनुरुप नतिजा निस्कन सकेन । पालिकाले आ.ब. ०७४/०७५ मा कृषि क्षेत्र सुधारका लागी एक गाउँ एक उत्पादन कार्यक्रम र आ.ब. ०७६/०७७ मा एक वडा एक नर्सरी कार्यक्रम संचालन गरेको थियो । तर दुबै कार्यक्रमले पुर्णता पाउन सकेनन् । यो कार्यक्रमको स्वरुपमा पुनः अध्ययन गर्दै कार्यक्रमलाई दिगो रुपमा निरन्तरता दिनु हितकार हुनेछ । सुन्तला, टिम्मुर, सिमी, आलु, सिल्टिम्बुर आदी खेतिको ब्लग छुट्टाएर व्यवसायीक रुपमा अघी बढ्न सकिन्छ ।

साथै व्यवसायीक तरकारी खेतीको लागी रघुगंगा गाउँपालिकाले अत्याधुनिक प्रविधीभित्राएर सरकारी, निजी र सहकारी क्षेत्र मिलेर अर्गानिकता कायम राख्दै कृषि क्रान्ती गर्नु अबको समयमको माग हो । हामीसँगको पानी र जमिनको उपलब्धता हेर्दै कृषि उत्पादनका लागी पछिल्लो समय ईजरायल हुदै विश्वव्यापी भैरहेको Aeroponics र Hydroponic प्रविधी भित्राउन तत्काल आवश्यक र सम्भावना पनी रहेको छ ।

यसको बजारीकरणको लागी सहकारी साथै निजी क्षेत्र मार्फत गर्न सकिन्छ । भने आर्थिक व्यवस्थापन निजी र सरकारी क्षेत्रले मिलेर गर्न सक्ने बनाउनु पर्दछ किनभने यो प्रथम लगानी गर्दा केही महङ्गो कार्यक्रम हो । गाउँपालिकाले लगानी सुरक्षाको ग्यारेन्टी गर्दै करिब १०० जनालाई १०-१० लाखको लगानी गर्न पोत्सान गर्ने हो र सरकारी क्षेत्रले तेही मात्रामा लगानी गर्ने हो भने हामीले स्थानीय रोजगारीको सिर्जना गर्दै पालिकाको आन्तरिक आयमा पनी भारी मात्रामा बृद्धि गर्न सकिन्छ । यो कार्यक्रमको प्राबिधिक पाटोको जिम्मा मुक्तिधामको कृषि संकाएलाई दिने हो भने कार्यक्रम दिगो हुनेछ भने प्रतिफल छिटो आउने छ । विद्यार्थी पनी व्यवसायीक मानसिकता सहित त्पादन हुन्छन । त्यस्तै सहकारी मार्फत कार्यक्रमको फैलावट छिटो गर्न सकिन्छ ।

त्यस्तै गाउँपालिकाले कृषि क्षेत्रमा तत्काल गर्नुपर्ने अर्को काम भनेको बनको उचित र बैज्ञानिक व्यव्थापन गरी जडिबुटी लगायतका बस्तु उत्पादनका लागी प्रयोग गर्नु पर्दछ । जस्तो की तल्लो भेगको बनमा टिम्बुर, बेसार भने माथिल्लो भेगमा सिल्टिम्बुर, पाचँअम्ले, जटामसी आदी ।

त्यस्तै गाजाँको व्यवसायीक खेती पनी रघुगंगाको कृषि क्षेत्रको बिकास र रघुगंगाको आर्थिक मेरुडण्ड हुन सक्छ । विविध गाजाँका प्रकार पालिकाको बिबिध क्षेत्रमा उत्पादन हुन्छ । पछिल्लो समय बिश्व बजारमा गाजाँको सामाग्रीको माग अत्याधिक रहेको छ र विश्वका धेरै राष्ट्रले गाजाँलाई कानुनी मान्यता दिरहेका छन् ।  केही समय पहिले युएनले पनी गाजाँलाई कानुनी रुपमा खुला गरेको छ । यसमा नेपालले पनी गाजाँलाई बैधानिक बनाउनु पर्छ भन्ने पक्षमा भोट गरेको थियो । त्यसलगतै हाम्रो संसदमा पनी गाजा विधेयक दर्ता भएको छ । संसदमा बहस पछी यो विधेयक पास हुने सम्भावना अत्याधिक रहेको छ । संसदले गाजा खुला नगर्दै सरकारका सर्तसहित औषधीका लागी उत्पादन गर्न सकिने बाटो छ । भने संसदले गाजा विधेयक पास गर्यो भने गाजाँबाट सयौं प्रकारका सामाग्री र तिनका कच्चा पदार्थ निर्यात गर्नका लागी आवश्यक तयारी सहित बस्दा छिटो बजार पहिलाउन सकिने छ ।

स्थानीय सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्दै व्यवसायीकरण गर्दै जाने हो भने बेरोजगारी लगायतको समस्यामा सुधाई आउन सक्छ भने पालिकाको आन्तिक आयमा पनी भारी मात्रामा बृद्धि हुनेछ ।धन्यबाद ।।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन

3.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (तेस्रो काम)- सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना

4.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… (चौथो काम)- सुचना व्यवस्थापन तथा सम्प्रेषण

5.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (पाचौं काम)- सामाजिक आन्दोलनको बिजारोपण

6.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-६)-शिक्षा (विद्यालय तह)

7.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-७)-शिक्षा (क्याम्पसको स्थापना)

 

Leave a Reply