म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनको खहरेमा ठाडो खोला कटानले एक घर भत्किदाँ दुई जना सम्पर्कविहिन भएका छन्। गएरातीको अविरल बर्षासँगै खहरेखोला उर्लिएसँगैदुईतले ढुंगेघर भत्किदाँ स्थानीय जगिन रोका र  बिना रोका सम्पर्कविहिन भएको मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो

‘हामी घटनास्थलमै छौ,‘क्षतीको विवरण संकलन भइहरेको छ’ उपाध्यक्ष केसीले बेनीअनलाइनलाई भन्नुभयो ।  घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली सहित जनप्रतिनिध र स्थानीयबासी खोज तथा उद्धारमा जुटेका छन् ।

 

Leave a Reply