---Advertisement---

‘मलाई बचाइदिनुस्’ भन्दै ९ वर्षीया तेरियाको अपिल

On: October 6, 2026 9:24 PM
Follow Us:

कलेजोमा गम्भीर समस्या र फोक्सोमा पानी जमेर एक वर्षदेखि उपचार गराइरहेकी जलजला गाउँपालिका-२ पाखाथर, मल्लाजकी ९ वर्षीया तेरिया परियार अहिले उपचार खर्च जुटाउन नसक्ने अवस्थामा पुगेकी छन्।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा लामो समयको उपचार भइरहेको अवस्थामा परिवारले थप आर्थिक जुटाउन नसकेपछि सहयोगको याचना गरेका हुन् ।

तेरियाकी आमा रिता परियारका अनुसार छोरीको उपचारका लागि परिवारले अहिलेसम्म सकेजति खर्च गरिसकेको छ। आम्दानीको भरपर्दो स्रोत नभएको परिवारलाई अब उपचार खर्च जुटाउन कठिन भएको बताउनुभयो ।

‘छोरीको उपचारका लागि भएको सम्पत्ति सबै सकिएको छ। अब उपचारलाई निरन्तरता दिन पनि सहयोग आवश्यक परेको छ,’ परिवारले बेनीअनलाइनलाई भन्नुभयो । चिकित्सकको सल्लाहअनुसार थप उपचार तथा आवश्यक शल्यक्रियाका लागि ठूलो रकम लाग्ने भएकाले सानो सानो सहयोग भएपनि उपलब्ध गराउन अनुरोध गर्नुभएको छ।

कक्षा ४ मा अध्ययनरत तेरिया स्वास्थ्य समस्याका कारण पछिल्लो ६ महिनादेखि विद्यालय जान सकेकी छैनन्। उपचारकै क्रममा रहेकी उनले सहयोगको आग्रह गर्दै आफूलाई बचाइदिन अपिल गरेकी छन्। उनले आफ्नो पढ्ने रहर रहेकाले सहयोग गरी जीवन बचाइदिन अनुरोध गरेको सामाजिक अभियान्ता आशिष परियार झिल्केले बताउनुभयो ।


तेरियाको उपचारमा सहयोग गर्नचाहनेले उनकी आमा रिता परियार (९८०५२१९९४९) वा बुबा खिम परियार (९७०६९२४७१८) लाई सम्पर्क गर्न सक्नेछन्।परिवारका अनुसार समयमै उपचारलाई निरन्तरता दिन सके तेरियाको स्वास्थ्यमा सुधार ल्याउने आशा गरेका छन् ।

Leave a Comment