नेकपा एमालेका केन्द्रिय सदस्य एबँ प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले राष्ट्रियता र समृद्धिको यात्रालाई सफलताका साथ अगाडि बढाउने पार्टी नेकपा एमाले मात्र भएको बताउनु भएको छ । मंगलबार नेकपा एमाले बेनी नगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले एमाले सरकारले सामाजिक सुरक्षा र जनजीविकाको सम्वन्धमा उत्कृष्ट काम गरेको बताउँदै गर्भअवस्था, बालअबस्था, युवाअवस्था र बृद्धाअवस्था सबैको जिम्मा लिने पार्टी एमाले भएको ठोकुवा गर्नुभयो । शारीरिक अबस्थाका कारण काम गरेर खान नसक्ने वुढावुढीहरुलाई १०० बाट सुरु गरेको बृद्धाभत्ता हाल मासिक ४ हजार रुपैयाँ एमाले सरकारले नै बनाएको उहाँको भनाई थियो । तुइन बिस्थापति गर्ने, सुरङ मार्ग निर्माण गर्ने, सडक बिस्तार गर्ने,लगाएत शिक्षा, स्वास्थ्य, पुननिर्माण, पुर्वाधार तथा सामाजिक बिकासमा एमाले सरकारले उल्लेख्य काम गरेको बताउनुभयो । नेपालका सवै ठाउँमा बिजुली बत्ती पु¥याउने तथा भारत र बंगलादेशमा बिद्युत बिक्रि गर्ने गरि उत्पाद कार्य अगाडि बढाइएको थापाले बताउनुभयो । लिपुलेक र लिम्पियाधुरा हाम्रो भूभाग भएकाले तत्कालिन प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सामा समावेश गर्नुभयो तर अहिलेको सरकारले त्यो समस्या हो भनिरहेको छ, सांसद थापाले भन्नुभया,े “राष्ट्रियताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले नै हो भन्ने कुरा यसैवाट पनि पुष्टि हुन्छ” । नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सुशासन कायम, लोकतन्त्रको रक्षा र सबिधानको संस्थागत, र सामाजिक सुरक्षालाई बलियो पार्न नेकपा एमालेले समृद्ध नेपाल र सुखी नेपालीको अभियान लिएर अगाडि बढेको बताउनुभयो । उहाँले जिल्लाका नगर तथा पालिका कमिटिका नेतृत्व सहमतिबाटै चयन गरिने भन्दै चुनावबाट पराजित गर्नु पर्ने शक्ति बाहिरै रहकाले भित्र चुनाव गर्न नहुने बताउनुभयो । आन्तरिक चुनावले ब्यत्तिको मनोबिज्ञानमा असर गर्ने र त्यसबाट पार्टीलाई पनि असर पुग्ने हुँदा सहमतिनै नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ । हाल एमाले पार्टी चौतर्फि घेराबन्दीमा भएकोले सबै एक भएमा मात्र जित हाँसिल गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाई छ । अधिवेशनको उद्घाटनशत्रमा जिल्ला सचिवालय सदस्य देव बहादुर घले, पशुपति शाही, लगाएतले बोल्नुभएको थियो । नगर कमिटि अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, सचिव राज कुमार थापाको संचालन र बेनपा ९ का अध्यक्ष बेल बहादुर चोखालको स्वागतमा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा अहिले बन्द शत्र सुरुभएको छ । आजै नगर कमिटिको नयाँ नेतृत्व चयन गरिने एमाले म्याग्दीले जनाएको छ ।i

Leave a Reply