---Advertisement---

विज्ञान संकाय पढ्ने थापाको शैक्षिक अभिभावकत्व ग्रहण

On: July 4, 2026 8:52 AM
Follow Us:

पढाइमा अब्बल बेनी नगरपालिका–४, सिङ्गा (रादीकुलो)की सोनी थापालाई अमेरिकामा बसोबास गर्ने एक दम्पत्तीले विज्ञान संकाय अध्ययनका लागिशैक्षिक अभिभावकत्व ग्रहण गरेका छन्। म्याग्ग्दीको सदरमुकाम बेनीबजारस्थित प्रकाश माविमा बिज्ञान संकायमा अध्ययनरत विद्यार्थी थापालाई बेनपा–४, बास्कुना घर भई हाल अमेरिकामा बसोबास गर्ने ईन्द्र थापा, सबी थापाले बार्षिक ३० हजार नगद आर्थिक सहयोग गर्दै अभिभावकत्व ग्रहण गरेका हुन्।शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थी सोनीलाई समाजसेवी थापा दम्पत्तीले स्थापना गरेको इशा फाउण्डेशनकी म्याग्दी प्रतिनिधि चन्द्रा घलेले विद्यालयका प्रअ जयराम सुबेदीको उपस्थितिमा रकम हस्तान्तरण गर्नुभएको थियो ।


उच्च शिक्षासम्मका लागि नियमित सहयोगको सुनिश्चित भएकाले सहज भएको विद्यालयका प्रअ सुबेदीको भनाई छ । ‘विभिन्न समस्यासँग जुधेर भए पनि पढाइमा अब्बल थिइन्, अब धेरै सहज भएको छ, प्राप्त सहयोगसँगै विद्यालयले समेत आवश्यक सहयोग गर्छ’ प्रअ सुबेदीले भने । अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले पठनपाठनमा केही असहज भएको अवस्थामा थापा दम्पत्तीले धौलागिरी माविमा कक्षा ६ देखि पठनपाठनमा सहयोग गर्ने गर्नुभएको थियो ।


मेधावी विद्यार्थी थापाले विज्ञान संकायबाट भविस्य देखेको बताउँदै आफ्नो यात्रामा सहयोगले सहज भएको बताइन् । शैक्षिक अभिभावकत्व ग्रहण गर्ने सबी थापाले गरिब तथा विपन्न परिवारका बालबालिका आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित हुने अवस्था आएपछि सहयोग गरेको बताइन् । उनले आर्थिक अभावकै कारण अध्ययनशील र अनुशासित विद्यार्थीको पढाइमा समस्या भएमा भविष्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाइन् । म्याग्दीमा थापा दम्पत्तीले ५ जना विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

Leave a Comment