---Advertisement---

पुन मगर समाज युकेले मनायो भूमेपूजा

On: July 3, 2026 8:52 AM
Follow Us:

यूकेमा बसोबास गर्ने पुन मगर समुदायले भब्य समारोहका बिच भूमेपूजा मनाएका छन् । प्राकृतिक अनिष्टलाई पार लगाउन र प्रकृतिलाई खुसी बनाउनका लागि मगर समुदायले सांस्कृतिक उत्सवको रुपमा हरेक बर्ष पुन मगर समाज यूकेले आयोजना गर्ने पुजामा उत्साहजनक उपस्थिती रहेको थियो ।


पृथ्वीको सबैभन्दा महत्वपूर्ण ठाउँ भूमि भएकाले भूमिको सम्मान र देवीदेवतालाई खुसी बनाउन परम्परागत रुपमा चल्दै आएका भूमे पूजालाई युकेमा निरन्तरता दिने गरिएको छ । भूमेप्रतिको गढेको आस्था र विश्वासले हरेक वर्ष यसको महत्व बढ्दै गएको पुन मगर समाजका संस्थापक अध्यक्ष बिल पूर्जा पुनले बताउनुभयो ।

धौलागिरी नौमति बाजा समुह यूकेका अध्यक्ष समेत रहनुभएका पूर्जाले शुभकार्यदेखि गाह्रो अप्ठ्यारो पर्दा समुन्द्रपारी पनि भूमेलाई नै सम्झने गरेको बताउनुभयो । भूमे पूजामा पूजाआजासहित विभिन्न कार्यक्रम समेत गरिएको थियो । समाजका अध्यक्ष तुल्चन्द्र तिलिजा पुन मगरले हरेक वर्षको एक पटक भूमे पूजामा सामेल हुन यूकेमा रहेका म्याग्देलीसहित अन्य जिल्लाका मगर समुदायले समय दिने गरेको बताउनुभयो ।


नौमती बाजाका साथमा हर्षोउल्लाहससहित भूमे थानमा पुगेर आआफ्नो संस्कार तथा परम्पराअनुसार पूजा गर्ने गरिन्छ । मगर समुदायमा भूमे पूजालाई अन्य चाडपर्वभन्दा बढी महत्व दिने गरेका छन् । अध्यक्ष तिलिजा पुन मगरले यूकेमा रहेर आफ्नो कला र संस्कृतिको संरक्षणमा निरन्तर सक्रिय रहेको बताउनुभयो ।

Leave a Comment