फुकुओका, जापान।

प्यारी बहिनी,
सधैं न्यानो माया साथै लाखौ लाख सम्झना बहिनी साथै सुस्वास्थ्यको कामना । समयले कस्तो अवस्थामा ल्याई पुर्‍यायोकी चाहेर पनि तिहार जस्तो महान पर्वमा तिमीलाई भेट्न आउन सक्दीन।अरूका दिदी बहिनी त नेपालमा नै छन र चाह्यो भने तिहारमा भेट्न जान सक्छन् तर तिमी त बहिनी म चाहेर पनि भेट्न जान असम्भव धेरै टाढा बिरानो सहरमा छौ ।

समयले दाजु बहिनी दुवै जना लाई प्रदेशी बनाउँदा चाहेर पनि सजिलै भेट्न नसक्ने बनाइदियो । जम्मा दुई जना छोराछोरी भएको हाम्रो परीवार पहिला त सानो परीवार सुखी परीवारले चिनीने गर्दथ्यो तर अहिले हामी दुवै जना परदेशी हुँदा हाम्रो बाबा आमा जती दुखी यो संसारमा कोही छैनन होला ।

बहिनी कति रमाइला थिए है हाम्रो बाल्यकालका ति दीनहरु सानो सानो कुरामा झगडा गर्‍यो, रोइकराइ गर्‍यो फेरी मिलेर खेल्यो ति पल ति समय अब एउटा मिठो सम्झना भइ सके । सानो छँदा दाजु बहिनीको सानो झगडा पनि रोइकराई गर्ने हामी अहिले परदेशी भुमीमा चोट पटक, रोग, शरीरको दुखाइ, घाम पानी केही नभनी रातदिन एक गरेर भविष्यको लागी सर्घष गरीरहदाँ घर परीवार, आफन्त, साथी सबैको यादले दीनहु सताउने गर्दछ ।

अरु भन्दा पनि नेपालमा चाडपर्वको रौनक छाउदै गर्दा यो विरानो ठाँउबाट आफ्नो घर फर्कने त परको कुरा काममा छुट्टी नपाएर आँखा भरी आँसु बनाउदै काममा जानुको पिडा तिमी र म जस्ता लाखौ नेपालीले भोगीरहेका छन। देशमा केही गर्ने अवस्था नहुदाँ दिनहु हजारौको संख्यामा परदेशीन बाध्य नेपाली दाजुभाई दिदी बहिनीको पिडा एकनास छ ।

हामी त धेरै भाग्यमानी हौँ नी अहिलेको संसारमा प्रविधीले यति छिटो फड्को मार्योकी संसारको जुन कुनै कुनामा भए पनि एउटा बटन थिचेको भरमा आमने सामने भए जसरीनै फोनमा कुरा गर्न त पाइएको छ । अहिलेको बच्चाहरुलाई कुरा गर्‍यो भने पनि नपत्याउन आज भन्दा १० वर्ष पहिले के गरेर मन बुझाउने गरेका थिए होला जुन बेला सन्चो विसन्चोको आदान प्रदान पनि चिठ्ठी लेखेर गरीन्थो ।

बहिनी धेरै कुरा त के गरौ र खै परदेशको व्यस्त समयमा न खानेको समय न सुत्नेको समय भएर फोनमा कुरा हुन नसके पनि, काममा जति नै व्यस्त भएपनि मनमा सधै परीवार, तिमी र जन्मभुमीको झल्को रहीरहेको छ । बहिनी पैसा भन्ने कुरा जति भए पनि पुग्दैन त्यसैले सबै भन्दा महत्वपुणर् कुरा भनेको आत्म सन्तुष्टि हो । ल त बहिनी कुरा पनि धेरै भै सक्यो समय मिलाएर फोनमा कुरा गरौला । छिट्टै चाडपर्व सँगै मनाउने बाचा सहित बिदा चाहान्छु।

उहि तिम्रो अभागी दाई

Leave a Reply