नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क को सभापतिमा ओम छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन अधिकृत रामजीप्रसाद सुवेदीले दिएको जानकारी अनुसार सचिव पदमा चक्रबहादुर केसी र रोशन पुन निर्विरोध चयन भएक छन् ।

यसैगरी उपसभापतिका दुई पदका लागि हेमबहादुर खत्री, भवबहादुर भण्डारी, सुजन बरुवाल र क्या. रविन्द्र गर्बुजा पुनको उम्मेदवारी परेको छ ।

सहसचिवका दुई पदका लागि तेजप्रकाश पुन, विशाल खत्री, ध्रुवराज सुवेदी र गणेश गर्बुजाको उम्मेदवारी परेको छ । १७ जना प्रदेश अधिवेशन प्रतिनिधिमा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । अधिवेशनको उद्घाटन सत्र अहिले मंकाखलको सभाहलमा चलिरहेको छ ।

उपसभापति,सहसचिव र प्रदेश अधिवेशन प्रतिनिधि चयनका लागि सहमतिको प्रयास भइरहेको नेताहरुले जनाएका छन् । पाँचबजे सम्म सहमति नभए मतदानबाट टुंगो लगाउने तयारी गरिएको छ । यसैगरी प्रदेश ख को अधिवेशन मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सुरु भएको छ ।

Leave a Reply