ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमसँगै म्याग्दीमा मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारबाही गरिने भएको छ ।कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक ठाउँमा मास्क नलगाई आवतजावत गर्नेलाई नगद १ सय जरिवाना गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख श्यामकुमार राईले बताउनुभयो। ‘मास्कले कोरोना नियन्त्रणमा सघाउँछ,‘अब पनि अटेर गरेमा जरिवाना तोक्छौ’ प्रनाउ राईले भन्नुभयो ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले मास्क नलगाएर हिड्ने मास्क वितरण सहित अनिवार्य मास्क लगाउन सचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गत साता नै सार्वजनिक रुपमा जानकारी गराइएकाले अब मास्क नलगाई सार्वजनिकस्थलमा नआउन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ। अनुगमनका क्रमममा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाहीसमेत गरिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनुभयो । उहाँले मास्क नलगाउने कावाही सहित मास्क वितरण सहितको अभियानमा समेत साथ दिन संघसंस्थालाई समेत अनुरोध गर्नुभएको छ ।

सबैलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले विभिन्न संघसंस्थासँग समन्वय सहित चोकचोकमा मास्क वितरण कार्यलाई समेत अगाडी बढाउने प्रजिअ रानाको भनाई छ । मास्क लगाउन अटेर गर्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरेको भन्दै १ सय रुपैयाँ वा एक महिना कैद वा दुबै सजाय हुने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पु¥याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।यसअगाडी दोस्रो चरणको कोरोना अभियानमा म्याग्दीमा ठूलो संख्यामा जरिवान सहित मास्क नलगाएकालाई सार्वजनिक स्थानमा होल्ड समेत गरिएको थियो । स्वास्थ्यका जानकारहरुको अनुसार मास्कको प्रयोगबाट पनि कोरोना संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

 

Leave a Reply