म्याग्दीमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या २ सय नाघेको छ । म्याग्दीमा पछिल्लो २४ घण्टामा ४७ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमतिको संंख्या २ सय २२ पुगेको हो । एन्टिजेन परिक्षणबाट १९२ र पिसिआर परिक्षणबाट ३० सक्रिय संक्रमति रहेको रेडक्रस सोसाईटी कोभिड फोकल पर्सन सुरत केसीले जानकारी दिए ।

तेस्रो लहरमा दैनिक संक्रमतिको संख्या ह्वात्तै बढेको छ । करिब दुई सातामै संक्रमतिको संख्या २ सय नाघेपछि जनस्वास्थ्यको मापदण्डलाई कडाईका साथ पालना गर्न समेत अनुरोध गरिएको छ ।संक्रमितको संख्या बढ्दो क्रममा रहेपनि संक्रमणमुक्त हुनेको संख्या न्युन रहेको छ ।

सक्रमतिको अवस्था समान्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए। जिल्लाभित्र शैक्षिक संस्था, तातोपानी कुण्ड बन्द गरिर्एको छ भने अनिवार्य मास्क अभियान लगायतका जनचेतनामुलक कार्यहरुलाई समेत प्राथमिकता दिइएको छ । विद्यार्थी र १८ बर्ष माथिकालाई कोरोनाविरुद्ध खोप अभियान जारी रहेको छ । दैनिक संक्रमतिको संख्या उच्च देखिएकाले हेलचेक्राई नगर्न डिसिसिएमसीले अपिल गरेको छ ।

Leave a Reply