नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट बेनी नगरपालिकाको मेयरका साझा उम्मेदवारले चिरञ्जीवी शर्माले आफ्नो गाउँको समस्या र आवश्यकताका बारेमा बाहिरबाट आएर बोल्नुको औचित्य नभएको बताउनुभएको छ । मंगलबार बेनी नगरपालिका-१० पात्लेखेतमा आयोजित आमसभामा बोल्दै शर्माले पात्लेखेतका हरेक समस्या पुरा गर्ने बताउँदै एकपटक वडाबासीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘मैले जन्मेर हुर्केको गाउँ, घाँसदाउरा गरेको गाउँको समस्या समाधान मेरो पहिलो प्राथमिकता हो‘ शर्माले भन्नुभयो।उहाँले नगरभित्रका १० वटै वडामा एकै किसिमका समस्या रहेको बताउँदै वडा नं १० को प्राथमिकतामा रहेका योजनाहरूमार्फत समृद्ध वडा बनाउने बताउनुभयो ।

‘वडाभित्रका मतदातालाई खुसी बनाउँदै नगरपालिकालाई पनि नमुना बनाउँछु,’ शर्माले भन्नुभयो ।गठबन्धनको अन्तिम चु्नावी सभालाई सम्बोधनको क्रममा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत सुविधालाई पुरा गदैं नमुना वडा बनाउन एकपटक सबैको साथ र सहयोग आवश्यक रहेको मेयरका प्रत्यासी शर्माको भनाई थियो ।

चुनावी सभामा मेयरका प्रत्यासी शर्माले गठबन्धका उम्मेदवारहरुले आफुहरुको जित निश्चित भएकाले वडा नं १० बाट भारी मत सहितको जिम्मेबारी बोकाउन समेत मतदाता समक्ष अपिल गर्नुभयो ।

आमसभामा माओवादी केन्द्रबाट उप–मेयरका उम्मेदवार ज्योती लामिछानेले महिलाको हक अधिकार संगै महिलाहरुलाई उद्यमशिलता बनाएर रोजगारी संगै आयआर्जनमा सक्षम बनाउका लागि आफु उम्मेदवार बनेको बताउनुभयो । ‘गत चुनावमा पराजित भएपनि जनताको दुखःसुखमा साथसाथै थिए,” पौडेलले भन्नुभयो “पार्टी र गठबन्धनले अवसर दिएको छ । जनताले विश्वास गरेर जनप्रतिनिधीको रुपमा सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।”

नेपाली काँग्रेसका पूर्व सभापती तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले संविधान मिचेर संसद बिघटन गर्ने, अराजकता मच्चाउने, भ्रष्ट्राचार र बेतिथि निम्त्याउने ओली प्रवृतिका विरुद्ध बनेको गठबन्धनका उमेद्वारलाई जिताउन अपिल गर्नुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तन र जनहितका लागि यसअघि पनि राजनीतिक दलहरुबीच सहकार्य भएको इतिहाँसको स्मरण गर्दै नेता बानियाले आसन्न चुनावमा काँग्रेसले माओवादी र माओवादीले काँग्रेसका उमेद्वारलाई जिताउन हिचकिचाउन नपर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–१० मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिव शाहीले पात्लेखेतको विकासमा सधै कांग्रेसको नेतृत्व रहदै आएको बताउदै गाउँको विकास गर्नका लागि आफ्नो नेतृत्वलाई विजय गराउन आग्रह गर्नुभयो । उहाँले हरेक वडाबासीलाई विकास र सुशासनको अनुभूति दिलाउने, गाउँपालिका, पर्यटक, कृषि, रोजगारी मुलक योजनाहरुका साथ आफु उम्मेदवार बनेको बताउनुभयो ।

Leave a Reply