---Advertisement---

मुस्ताङमा ५२ औं थाक खेलकुद प्रतियोगिता सुरु

On: September 24, 2026 10:14 PM
Follow Us:

मुस्ताङ घरपझोङ गाउँपालिका–३ स्थित लेते कालोपानीमा बिहिबारदेखि ५२ औँ संस्करणको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ । मुस्ताङमा नयाँ खेलाडी उत्पादन तथा खेलाडीको क्षमता विकासका लागि प्रवेशद्वारका रूपमा चिनिने आधा शताब्दी लामो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा सुरु भएको प्रतियोगिताको पूर्वमन्त्री रोमी गौचन थकालीले उद्घाटन गर्नुभयो ।


प्रमुख अतिथि गौचनले थकाली समुदायको पहिचान, संस्कृति र सभ्यताको संरक्षणसहित नयाँ पुस्तालाई हस्तान्तरणमा समितिको थप सक्रियता आवश्यकता रहेको बताउनुभयो । पूर्व प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गौचनले यूवाहरूको भविस्यलाई मध्यनजर गदैं कृषि, पर्यटन, धार्मिकसँगै खेलकुद क्षेत्रबाट समेत मुस्ताङलाई चिनाउनुपर्नेमा जोड दिनुभयो ।


सोही अवसरमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले खेलकुदमार्फत असर नागरिक उत्पादनमा सघाउने भएकाले खेललाई मनोरञ्जनसँग मात्रै जोड्न नहुने बताउनुभयो । कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन लगायत स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, विभिन्न संघसंस्थाबाट उपस्थिती रहेको थियो ।


संघका अध्यक्ष कृष्णकुमार शेरचनले मुस्ताङमा नयाँ खेलाडी उत्पादन तथा खेलाडीको क्षमता विकासका लागि प्रवेशद्वारका रूपमा रहेको प्रतियोगिता कोशेढुंगा सावित भएको बताउनुभयो । विगतमा संघले प्रतियोगिताबाट उत्कृष्छ खेलाडीको क्षमता अभिवृद्धिका लागि पोखरामा दुई महिनासम्म आवश्यक प्रशिक्षणको व्यवस्था समेत गरेको बताउनुभयो ।


प्रतियोगितामा थकाली समुदायको पहिचान, संस्कृति र सभ्यता झल्किने विभिन्न कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष शेरचनको भनाई छ ।

आगामी असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष भलिबल, आधुनिक आर्चरी, तारा खेल(घनुषवाण) (४० वर्ष माथिका), लोक नृत्य र थकाली गीत प्रतियोगिता आयोजना गरिएको छ।”पुरुष भलिबलमा विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद एक लाख ५० हजार रुपियाँ र एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । मुस्ताङमा थकाली जातिको बसोबार रहेको स्थानमा स्थापित समितिले यसबर्ष जलवायु परिवर्तनको असरका बारेमा समेत ध्यानार्कषण गराउनेसहितका कार्यहरु गरेको छ ।

Leave a Comment