---Advertisement---

म्याग्दीको ६ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन

On: September 24, 2026 9:10 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीको ६ वटै पालिकास्तरीय अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै सुरु भएको वडा अधिवेशनपछि पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
अधिवेशनबाट मंगला गाउँपालिकामा गोपाल भट्टचन निर्वाचनबाट नेतृत्वमा आउनुभएको छ भने बेनी नगरपालिकाको नगर सभापतिमा चक्र केसी,मालिका गाउँपालिकामा राजु जुग्जाली, धवलागिरि गाउँपालिकामा प्रेमप्रसाद पुन, अन्नपूर्ण गाउँपालिकामा कृष्णप्रसाद बरुवाल र रघुगंगा गाउँपालिकामा निरोज भण्डारी निर्विरोध निर्वाचित हुनुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।


नेपाली कांग्रेसको पालिका अधिवेशनबाट नवनिर्वाचित पालिका सभापतिहरुले आ–आफ्नो क्षेत्रमा खटिएर पार्टीलाई पहिलो सङ्गठन बनाउँदै आगामी कार्यकालका लागि स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने प्रतिबद्धता समेत जनाएका छन् ।पार्टीको साङ्गठनिक सुदृढीकरण, चुनावी रणनीति र भातृ संस्थाहरूको परिचालनसहितका कार्यक्रम सञ्चालनको कार्यतालिका अनुसार अगाडि बढ्ने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । अब जिल्ला अधिवेशनसहित महाधिवेशन प्रतिनिध चयनपछि केन्द्रिय अधिवेशनमा जाने छन् ।

Leave a Comment