भोली शुक्रबार हुने स्थानीय तह निर्वाचनको म्याग्दीमा सम्पूर्ण तयारी पुरा भएको छ । जिल्लाको एक नगरपालिका सहित ६ वटै पालिकामा भोली विहान ७ बजेखि साँझ ५ बजे सम्म हुने निर्वाचनका लागि आवश्यक पर्ने मतगणनास्थल निर्माण सहितको तयारी पूरा भएको हो ।

जिल्लाको ७४ वटा मतदान स्थलको ११४ वटा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितका कर्मचारीहरुले बुथ निर्माण, मतदाता परिचय विरतरण लगायतका कार्यहरु तिव्रताका साथ संचालन भइरहेको छ मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

मतदाता परिचयपत्र वितरण र मतदान केन्द्र (बुथ) बनाउने योजना छ । मतगणना स्थलममा सिसी क्यामेरा जडान, तारबार, बत्तिको व्याकअप सहितको व्यवस्थापन कार्य सवै पालिकामा सम्पन्न भएको पौडेलले बताउनुभयो । पछिल्लो पाँच वर्षको अवधिमा १३ हजार ९१२ मतदाता थपिएका छन् ।

थपिएका र मतदानस्थल परिवर्तन गरेका मतदाताका लागि नयाँ परिचयपत्र वितरण गर्न थालिएको छ । मतदानको दिन बर्षाको सम्भावनालाई मध्यनजर गरी त्रिपाल सहितको तयारी समेत गरिएको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा स्थानीय तहको निर्वाचनमा कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् । तीमध्ये पुरुष ४१ हजार ४ सय १४, महिला ४३ हजार ९ सय ६० र अन्यतर्फ एकजना मतदाता रहेका छन् । जिल्लाभर कुल २ सय ३७ पदका लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन्।

विसं २०७४ को स्थानीय तहको चुनावमा ७१ हजार ४६३ मतदाता रहेकामा अहिले जिल्लामा कूल मतदाताको सङ्ख्या ८५ हजार ३७५ पुगेको छ । तीमध्ये एकचालीस हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी छन् । सचतालिस मतदानस्थलका ११४ मतदान केन्द्रमा मङ्गलबार नै कर्मचारी र सुरक्षाकर्मी पुगेर तयारी थालेका छन् ।मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै ६१ किसिमका सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् । चुनावका लागि म्याग्दीमा कूल दुई हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन गरिएको भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । एकसय चौध मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन्।

निर्वाचनमा ६१८ म्यादी प्रहरी, ३८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालनसुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । जिल्लाभरको मतदानस्थलका बारेमा समेत सुरक्षा समितिले निरन्तर जानकारी दिएको छ । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply