---Advertisement---

माउन्ट एभरेष्ट आवासीय माविद्धारा बाढी प्रभावितका लागि रु दुई लाख बढी सहयोग

On: September 10, 2026 10:03 PM
Follow Us:

ध्रुवसागर शर्मा/ यही भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण जनधनको क्षति भएका प्रभावितहरुका लागि म्याग्दीको सदरमुकाम बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले रु दुई लाख बढी आर्थिक सहयोग गरेको छ ।

बिहीबार विद्यालयका प्रिन्सिपल राजु केसीले शिक्षक,विद्यार्थी,कर्मचारी र विद्यालयको तर्फबाट जम्मा भएको सहयोग रकम रु दुई लाख एक सय प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषको खातामा जम्मा गरिदिनुभएको हो । यस अघि गत मंगलबार कक्षा १२ का विद्यार्थीहरुले आफ्ना खाजा खर्चको रकम कटाएर रु चार हजार सहयोग पठाएका थिए ।

गएको भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिपछि विपद्मा परेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको विद्यालयका प्रधानध्यापक राजु केसीले जानकारी दिनुभयो ।

‘विद्यार्थीले खाजा खर्च कटाएर अभियान सञ्चालन गरे, यो मानवीय सेवामा विद्यार्थीको सक्रियता निकै लोभलाग्दो छ’ प्रअ केसीले भन्नुभयो । बाढीपहिरोबाट विद्यार्थी समेत प्रभावित भएको अवस्थामा विद्यार्र्थीले सहयोग जुटाउन अग्रसर भएका थिए । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सानो सहयोगले भए पनि केही योगदान पुग्ने अपेक्षा विद्यालयले गरेको छ ।

म्याग्दीमा संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीले खाजा खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न विद्यालयका शिक्षकलाई दिने गरेका छन् । रसुवाको लाङटाङ हिमाल आसपासबाट हिमनदी पहिरो खस्दा १ हजार तीनसय बढी नागरिकको मृत्यु भएको, सयौँ जना बेपत्ता भएको र हजारौँ नागरिकहरुको अहिले पनि उद्धारको काम भैरहेको छ ।

Leave a Comment