म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। शनिबार विहानदेखि सुरु भएको मतगणनामा वडा नं १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार बिलबहादुर फगामी बिजय हुनुभएको छ । निर्वतमान वडा अध्यक्ष समेत रहनुभएका फगामीले ४ सय ३२ मत ल्याएका छन भने नेकपा एमालेका धनबहादुर पुनले ३ सय ५४ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षमा विजयसँगै सहित गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले४ सय ३४ मत, उपाध्यक्ष प्रेमकुमारी पुन ४३७ मत रहेको छ भने नेकपा एमालेका गापा अध्यक्ष प्रेमबहादुर कार्कीले ३ सय ४२, उपाध्यक्ष यामकुमारी गर्बुजा ३ सय ५४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

Leave a Reply