म्याग्दीको मंगला गाउँपालिका भईरहेको मतगणनाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । ४३३ मत गणना गर्दा पालिका अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकाले अग्रता कायम गर्नुभएको छ । पालिका अध्यक्षमा नेकपा एमालेको २४६, नेपाली काँग्रेसको १५३, माओवादीको २९, राष्ट्रिय प्रजातन्त्र पार्टीको २ र मंगोलको ३ मत रहेको छ ।

त्यस्तै उपाध्यक्षमा एमालेको २४१, काँग्रेसको १६२, माओवादीको २५ र राप्रपाको २ मत रहेको छ । अडा अध्यक्षमा एमालेको २४९, काँग्रेसको १६२ र माओवादीको २२ मत रहेको छ ।वडा सदस्यहरुमा पनि नेकप एमालेकै उम्मेदवारहरुको अग्रता रहेको जनाईएको छ । यो वडा नम्वर १ कुँहुको मतरिणाम हो । वडा नम्वर १ मा कुल १९७२ मत खसेको थियो ।

Leave a Reply