म्याग्दी जेसीजको आयोजनामा ‘साबिक धौलागिरी अञ्चल स्तरीय १० किलोमिटर लेट्स रन’ दौड प्रतियोगिता हुने भएको छ।म्याग्दी जेसीजका अनुसार प्रतियोगिता २०८३ असोज १८ गते आयोजना हुनेछ।
प्रतियोगिताको प्रथम हुनेले नगद रु. १५ हजार ९९, द्वितीयले रु. १० हजार ९९ र तृतीयले रु. ७ हजार ९९ सहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले जानकारी। यस्तै, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः रु. ४ हजार ९९ र रु. ३ हजार ९९ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सान्त्वना हुनेलाई नगद रु २ हजार ५६ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष विश्वकर्माले बताए ।
प्रतियोगिता म्याग्दी जेसीजको आयोजनामा तथा नेपाल जेसीज क्षेत्र ‘ख’ राष्ट्रिय खेलकुद समितिको समन्वयमा हुन लागेको हो।प्रतियोगितामा सहभागी हुन रु. ५०० दर्ता शुल्क तोकिएको छ भने नाम दर्ताको अन्तिम मिति असोज १६ गतेसम्म रहेको छ। प्रतियोगिताले जिल्लामा खेलकुदको विकाससँगै युवामा दौड तथा शारीरिक स्वास्थ्यप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।









