नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले उखान टुक्काले गन्तब्यहिन भएको देशलाई कांग्रेसको नेतृत्वमा सम्हालिएको बताउनुभएको छ । सुखी नेपाली,समृद्ध नेपालको नारामात्रै दिएर दैनिकजसो उखान–टुक्कामा रमाउने गरेको कारण कम्यूनिष्ट नेतृत्वको सरकार असफल भएको बताउनुभयो ।

‘उखानले देश, पार्टी चल्दैन, ‘कमेडी च्याम्पियनमा गर्नुपर्ने कामले देश बनाउन सकिदैंन’ देउवाले नेकपा एमालेका अध्यक्षलाई लक्षित गदैं भन्नुभयो । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री हुदाँ महत्वपूर्ण समय उखान, टुक्कामा खेर फालेको आरोप समेत लगाउनुभयो ।

उहाँले चुनावमा आधिकारिक उम्मेद्वारलाई हराउनका लागि घात÷अन्तरघातको धेरै हल्ला गर्नेहरूले नै हराउन भूमिका खेलेको बताउनुभएको छ । स्थानीय तहको निर्वाचनका क्रममा पार्टी हितविपरीत गतिविधि गर्ने र आफ्ना उम्मेदवारलाई हराउनका लागि गतिविधि सञ्चालन गरेका कतिपय नेता तथा कार्यकर्ताले गर्दा पार्टी कमजोर भएको बताउँदै असहयोग गर्ने पार्टीका नेता कार्यकर्ता नै नभएको बताउनुभयो ।

बुधवार नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमका सम्बोधन गदैं राणाले काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ दिन आग्रह गर्नुभयो ।

उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ । टिकट नपाउँदाको तिक्तताले पार्टी भित्र नै दुर्घटना निम्तिने समेतब बताउनुभयो । उहाँले उखान टुक्काका लागि कमेडी च्याम्पियन हेर्नुपर्ने भन्दै ब्यंङ्ग समेत गर्नुभएको थियो ।उहाँले वडा, पालिका, प्रदेश हुदै केन्द्र सम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउदै अब पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताउनुभएको हो । कार्यक्रममा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले व्यक्तीलाई नभई पार्टीलाई बिजय गराउन आग्रह गर्नुभयो । सोही अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पछिल्लो समयमा कांग्रेस पार्टीमा युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसबाट उम्मेद्धार बनेर जनप्रतिनिधि बन्नुभएकाहरुलाई सम्मान गरिएको थियो ।
पार्टी सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बाानियाँँ, भातृ संस्थाका प्रमुख, पालिका तथा प्रदेश कार्यसमितिका अध्यक्षले मतव्य राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यलाई म्याग्दी कांग्रेसले ज्ञापन पत्र समेत बुझाएको छ ।

 

Leave a Reply