म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदीको खाम्लाका स्थानीय यूवाले पदैलमार्ग निर्माण गरेका छन् । बर्खाको समयमा विद्यार्थीले जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता भएपछि स्थानीय खाम्ला यूवा क्लवको पहलमा पदैलमार्ग निर्माण तथा मर्मत गरिएको हो । ज्यानकै बाजी राखेर विद्यार्थी दैनिक विद्यालयमा आवतजावत गर्नुपर्ने बाध्यता भएपछि सामुहिक श्रमदान गरी मर्मत गरिएको केशरी शर्माले बताउनुभयो ।

बालबालिकालाई आवतजावतका लागि सडक मर्मतमा चासो नदेखाएपछि यूवा क्लवले आफैंले सडक मर्मत गरी सवारीसाधन सञ्चालनयोग्य बनाएपछि बालबालिकालाई सहज भएको छ । लगाता पानी परेपछि दैनिकजसो जोखिम मोलेर कलिला बालबालिका आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बालबालिकालाई बर्षेनी विद्यालयसम्म जान समेत जोखिम मोलेर यात्रा गर्नुपरेपनि सहज आवतजावतका लागि ब्यवस्थापन हुन सकेको छैन् । तस्वीर सौजन्य केशरी शर्मा

 

Leave a Reply