---Advertisement---

गूर्जामा चलचित्र सारथीको छांयाकन हुने

On: April 20, 2026 10:30 PM
Follow Us:

म्याग्दी धवलागिरि गाउँपालिका–१,गुर्जामा नेपाली कथानक चलचित्र सारथीको छांयाकन हुने गरेको छ । चलचित्रको काठमाडौंको भद्रकालीमा एक कार्यक्रम बीच चलचित्रकर्मी प्रकाश सायमीले शुभमुर्हुतको शुभारम्भ गर्नु भएको छ । चलचित्रमा कलाकारहरु उत्तम प्रधान, निरुता सिंह,मुकुन्द श्रेष्ठ,गिरी विश्वकर्मा,गायत्री जोशी लगायत निेर्देशक कुमार गजुरेल, निर्माता सौर्यल थापा र प्रस्तुत कर्ता तारा थापा किन्ले लगायत छन् ।

सारथीको नायक तथा नायिकामा गिरी विश्वकर्मा र गायत्री जोशी रहेका छन् भने अन्य भूमिकामा बरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ र नायिका निरुता सिंह रहनुहुने छ । गुर्जाखानीमा छायांकन हुने चलचित्रको नायक पनि गुर्जा कै गिरी विश्वकर्मा रहेका छन।


शुभ मुहुर्त कार्यक्रममा सहभागि पत्रकारहरुले गुर्जामा छायांकन हुने यो चलचित्रको बारेमा सोधेको जिज्ञासामा बरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ र नायिका निरुता सिंहले हिमालको काखमा रहेको विकट गुर्जामा गएर अभिनय गर्दा त्यहाँको मनोरम प्रकृतिकसंग रमाउन पाउँने सुनौलो अवसर पाएको बताउनुभयो ।


गुर्जाका अगुवा तथा नेपाल छन्त्याल संघका पूर्व महासचिव दिपबहादुर छन्त्यालले भन्नु भयो सारथीको नायक नै गुर्जाको धर्तिपुत्र भएकोमा गौरव गर्दै यस चलचित्रको समग्र दृष्यहरु सबै गुर्जा कै हुने हुनाले यहाँको सामाजिक,सांस्कृकि,भौगोलिक,कृषि र पर्यटन र प्राकृतिक सम्पदाको प्रवद्र्धन भई गुर्जाको विकास र समृद्धिमा विशेष योगदान दिने आसा व्यक्त गर्नुभयो ।

सोही अवसरमा काठमाण्डौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो ।गाउँको अवस्था, विवशता र बाध्यतालाई तोड्न सडक सञ्जाल पुगेको अवस्थामा चलचित्रको छांयाकन समेत हुने भएपछि स्थानीयबासी उत्साहित छन् ।

प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याइदिएको सदरमुकाम बेनीबाट करिब २६ कोस पश्चिमा अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गूर्जादशकौँदेखि राज्यको सेवा सुविधा र पहुँचबाट टाढा रहेको थियो । ग्रामीण पर्यटनको प्रचुर सम्भावना, बहुमूल्य खानी, जडीबुटी र जैविक विविधताको समेत प्रचारप्रसार हुने छ । गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ ।

Leave a Comment