---Advertisement---

मन्त्रिपरिषद्का यी हुन् तीन निर्णय

On: April 27, 2026 3:22 PM
Follow Us:

सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गरेको छ । सोमबार (वैशाख १४) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट नियमावली स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।  

बैठकबाट सशस्त्र प्रहरी महानिरीक्षक पदमा नारायणदत्त पौडेललाई नियुक्ति गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै, सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ । त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले बताए ।

Leave a Comment