---Advertisement---

बेनीमा अनलाइनबाट ब्यवसाय गर्ने उद्यमीलाई तालिम

On: May 29, 2026 12:56 PM
Follow Us:


म्याग्दीमा इन्टरनेट र डिजिटल प्रविधिको माध्यमबाट वस्तु तथा सेवा बिक्री, खरिद र कारोबारमा महिला उद्यमी आर्कषित भएपछि डिजिटल ब्यापारसम्बन्धि तालिम सञ्चालन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको आयोजना तथा बेनी नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा सञ्चालित तालिमले महिला उद्यमीलाई अनलाइनसम्बन्धि तालिमको विधिका बारेमा जानकारी गराइएको थियो ।

सञ्चालित तालिमको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले उद्घाटन गदैं पछिल्लो समय अनलाइनमार्फत ब्यापार ब्यवसायमा संलग्न उद्यमीलाई डिजिटल प्रविधिको प्रयोगको विधि र प्रक्रिया जानकारी दिन तालिम आयोजना गरिएको बताउनुभयो ।


सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भौतिक पसल सञ्चालन गर्दा लाग्ने खर्च, समय र स्थानको सीमिततालाई हटाएर विश्वव्यापी बजारमा सेवा पु¥याउने अवसरको रुपमा रहेकाले ग्राहकले अनलाइन अर्डर गर्दा वस्तु प्रत्यक्ष नदेख्ने भएकाले सामान समयमै, सुरक्षित र अपेक्षित गुणस्तरसहित डेलिभर हुनु आवश्यक रहेको बताउनुभयो ।


त्यस्तै नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले फेक वेबसाइट र झुटो प्रोफाइल बनाएर ग्राहकलाई भ्रममा पार्ने घटना बढ्दै गएको बताउँदै आकर्षक अफर र भारी छुट देखाएर पैसा उठाएर सामान नपठाउने वा नक्कली सामान पठाउनेका कारण सबै ब्यवसायीलाई असर गरेको बताउनुभयो ।

तालिममा पोखराका फोटो पत्रकार घनश्याम पौडेलले अनलाइन व्यवसायका मुख्य प्रकारहरूमा वस्तु बिक्री, अनलाइन शिक्षा, डिजिटल मार्केटिङ, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोगको मार्फतआम्दानी गर्ने क्षेत्रहरूका बारेमा जानकारी गराउनुभएको थियो ।तालिममा ४० जना महिला उद्यमीको सहभागिता रहेको थियो ।

महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षता उपाध्यक्ष दिलु घतानेको स्वागत र सचिव कमला सुबेदीको सञ्चालनमा सम्पन्न भएको तालिममा समितिकी निर्वतमान अध्यक्ष लक्ष्मी भण्डारीले मन्तब्य राख्नुभएको थियो । तालिममा सहभागिको तर्फबाट करुणा शर्मा, सनम कार्कीले अनुभव सुनाउनुभएको थियो । महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठले आगामी दिनमा पनि डिजिलट प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने बताउनुभयो ।

Leave a Comment