---Advertisement---

रास्वपा रघुगंगा गाउँपालिकाको नयाँ कार्यसमिति चयन

On: May 28, 2026 8:49 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम पालिका अधिवेश सम्पन्न भएको छ। अधिवेशनबाट सभापतीमा डम्मर बहादुर पाण्डे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको उप–सभापतिमा प्रकाश पाईजा, सचिवमा दल बहादुर कार्की तथा सह–सचिवमा ईमा कुमारी शाही रकाल चयन हुनुभएको छ।


त्यसैगरी सदस्यहरूमा शान्त बहादुर पाईजा, दिल कुमारी थापा, हस्त बहादुर शेर्पुन्जा, लक्ष्मी खड्का भण्डारी तथा तुल बहादुर बिक चयन हुनुभएको छ। अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि ३ जना, प्रदेश अधिवेशन प्रतिनिधि १ जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि १ जना समेत चयन गरेको जनाएको छ।


नवनिर्वाचित सम्पूर्ण पालिका समिति तथा विभिन्न जिम्मेवारी प्राप्त गर्न सफल व्यक्ति लाई रास्वपा म्याग्दीका प्रशिक्षण विभाग प्रमुख दिपक श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । अधिवेशन लाई रास्वपा जिल्ला सभापति युवराज रोका लगायतको उपस्थिति रहेको थियो । रास्वपाले जेठ महिनाभित्र वडा तथा पालिकास्तरीय भेला सम्पन्न गर्ने गरी अभियानलाई तिब्रता दिएको छ ।

Leave a Comment