---Advertisement---

धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’

On: May 29, 2026 1:45 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा माछा सिकार गरी पितृलाई चढाउने सात सय वर्ष पुरानो धुले मेला यस वर्ष समापन भएको छ । वि सं १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका नौ थर मगरहरुको यो मेला यस क्षेत्रकै सबैभन्दा पुरानो मेला हो ।

५४ कुरिया (घर) मगरहरुको आफ्नो मौलिक संस्कारमा आधारित यो मेला घरबाट एकएक माना अनाजको पितृ प्रसाद राखेर सुरु गरिस्थानीय अर्जेखोलामा माछा सिकार गरि विधिपूर्वक पितृ चडाउने काम गरेपछि बिहिबार समापन भएको महेन्द्ररत्म निमावीका प्रअ जग रोकाले बेनीअनलाइनलाई बताउनुभयो ।


‘पुर्खाले हस्तान्तरण गरेको पर्वलाई नया पुस्ताले निरन्तरता दिएको छ, आगामी दिनमा पनि निरन्रतता दिने गरी विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ’ प्रअ रोकाले भन्नुभयो । यहाँका मगर समुदायले मेलाको अवसरमा पितृ र प्रकृतिको पूजा आराधना गर्ने गर्दछन्।
मेलाको अवसरमा पितृ चढाउने,डाठो तान्ने, पराङ हाल्ने र समापन गर्ने कार्य हुने धुले मेला व्यवस्थापन समितिका अर्जुन रोकाले बताउनुभयो । मेलाको अवसरमा धार्मिक कार्यकोऔपचारीक रुपमा समापन भएपछि खेलकुद गतिविधि हुने गरेको छ ।

बरंजाको थर्पुकोत आसपासका क्षेत्रमा धार्मिक तथा परम्परागत गतिविधि हेर्ने दर्शकको समेत उत्साहजनक उपस्थिती हुने गरेको छ । मेलाको अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा भित्र पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । गीतका टुक्काहरुलाई होरे गाउने र कोत घरभित्र भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेका नौ थरका व्यक्तिहरु प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्दछन् । ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ डोठो(माहुरी बस्ने काठको घार) तानेपछि धुले मेला सकिन्छ ।


वि.सं १३१२ मा बरंजाको थर्पुमा कोत घर निर्माण गरे धुले मेला मनाउन थालेको बुढापाकाको भनाई छ । धुले मेला पितृ उद्दारका लागि हरेक वर्ष गरिने र मेला पछि पितृ खुशी हुने भएकाले विश्वभर रहेका बरंजाबासीले यो मेला मनाउने गरेका छन् । प्राचिनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरू भएको मेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रुपमा निरन्तरता दिएका छन् ।


धुलेमेला पितृको सम्झना तथा अन्य जातजातिले गर्ने कुलपुजाकै स्वरुप तथा पूरानो कला र संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई समेत जानकारी दिने गरी मनाउने गरिन्छ ।

५४ कुरिया मगर अन्तरगतको समुदायकासमेत रहनु भएका मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचिनकालको सुन्दर उपहार भएको बताउनुभयो । पुर्खाले छोडेका धार्मिक परम्परालाई आधुनिक युगमा समेत संरक्षणमा प्रवासमा रहेका बरंजाबासीले हरेक बर्ष आर्थिक सहयोग समेत गर्ने गरेका छन् ।

Leave a Comment