म्याग्दीको बेनीमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट भीमकुमारी भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिकोप्रथम उपाध्यक्ष विक्रम श्रेष्ठ, द्वितीय उपाध्यक्ष कल्पना बरुवाल, महिला उपाध्यक्ष पुष्पा थापा,सचिव हरिनारायण सुवेदी, कोषाध्यक्ष भावना पौडेल रहनुभएको छ ।

कार्यसमितिको सदस्यमा मन्दिरा पौडेल,देवी पौडेल, चन्द्र बहादुर खत्री, कमलनाथ सुवेदी,श्रीलाल सुवेदी, सुर्यदत्त शर्मा,लोकनाथ आचार्य शर्मा, परशुराम सुवेदी, कमल आचार्य, श्री जूना भण्डारी, विष्णु भण्डारी, जुना जिसी,नेत्र सुबेदी, चन्द्रबहादुर जिसी, मिनबहादुर बानियाँ, हरिकला सापकोटा, बुद्धिमाया शेरपुञ्जा र सिता भण्डारी निर्विरोध निर्वाचित हुनुभएको प्रथम उपाध्यक्ष बिक्रम श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनको राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनमा गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोला, प्रदेश महासचिव लेखनाथ तिवारी,पर्वत जिल्ला कार्यसमितिका अध्यक्ष झलक पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गोतमले शुभकामना मन्तब्य राख्नुभएको थियो । अधिवेशनमा जिल्लाका विभिन्न भजन समूह,मन्दिर व्यवस्थापन समितिबाट प्रतिनिधित्व रहेको थियो ।

निर्वतमान अध्यक्ष नेत्रबहादुर महतको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनबाट भजन,किर्तनसहित विभिन्न धार्मिक गतिविधिलाई पुस्तान्तरण सहितका कार्यहरुमा सक्रिय हुने नयाँ कार्यसमितिले प्रतिबद्धता जनाएको छ । नेपाली संस्कार, परम्परा र मौलिक सङ्गीतको जगेर्ना गर्न रैथाने भजनकीर्तन र चुड्का सङ्गीत शैलीलाई बचाउने जिल्लामा विभिन्न कार्यक्रम गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।











