---Advertisement---

धौलागिरी गाउँपालिकाको सामुदायिक वनमा पुरुषको शव फेला

On: May 30, 2026 4:57 PM
Follow Us:

म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–३ स्थित पार्वती आमा समूह सामुदायिक वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ।

आज बिहान करिब ९:२० बजे गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी मुनाबाट प्रहरी सहायक निरीक्षक विक्रम तिवारीको कमाण्डमा २ जनाको टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थलको सुरक्षा गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी बाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। AI generated photo 

Leave a Comment