---Advertisement---

अमेरिकाको न्युर्योकमा मनाइयो धुले पर्व

On: May 29, 2026 3:12 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा जन्मिएर अमेरिकामा बसोबास गर्ने बरंजाबासीले धुले पर्व मनाएका छन् । अमेरिकालाई कर्मथलो बनाएका बरंजाबासीले आफ्नो कला संस्कृतिको जर्गेना र पुस्तान्तरण गर्ने उद्देश्यका अमेरिकाको न्युर्योकस्थित कुइन्समा धुले पर्व मनाएका हुन् ।

पर्वको अवसरमा समाजसेवी मनप्रसाद रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिम्याग्दी समाज न्युर्योक अमेरिकाका अध्यक्ष तिर्थ घर्तीमगर, मगर संघ अमेरीका केन्द्रका अध्यक्ष्य दिप सागर बुढामगर, मगर संघ अमेरिका न्युर्योक च्याप्टरका अध्यक्ष रत्नसिंड गर्वुजाले नेपालको मौलिक पर्वहरुलाई कर्मभूमीमा समेत संरक्षण आवश्यक रहेको बताउनुभयो ।


वि सं १३१२ देखिदेखि निरन्तर चल्दै आएको पर्वको महत्व नया पुस्तालाई जानकारी गराउन हरेक बर्ष सञ्चालन गर्ने र इतिहासका बारेमा जानकारी गराउनुपर्ने प्रमुख अतिथि घर्तीमगरको भनाई थियो । म्याग्दी समाज न्युर्योकका संरक्षक एवम अमेरिकामा रहेका बरंजाबासीको अभिभावक समेत रहनुभएका मनप्रसाद रोकाले सात सयबर्ष पुरानो पर्वको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

५४ कुरिया (घर) मगरहरुको आफ्नो मौलिक संस्कारमा आधारित मेलामार्फत पितृको उद्धारसहित विभिन्न कार्य गर्ने गरिएको छ । प्राचिनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरू भएपछिको इतिहास समेत यो पर्वले झल्काउने गरेको छ । उक्त कार्यक्रमको सञ्चालन बरंजाका रामचन्द्र सापकोटाले गर्नुभएको थियो ।

Leave a Comment