पर्वतको महाशिलामा रहेको एसियाकै ठूलो ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भएपछि चिटिक्क देखिएको छ। खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो। महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ।
करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुंगा पर्वत घुम्न आउने पर्यटकका लागि आर्कषणको केन्द्र बनिरहेको छ। पर्वत घुम्न आउने पर्यटकका लागि जिल्लाको आकर्षणको रूपमा रहेको एक गन्तव्य महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो ढुंगा भनिने ‘महाशिला’ पनि हो।

महाशिला गाउँपालिका ५ लुंखुदेउरालीमा रहेको यही ढुंगाको नामबाट गाउँपालिकाको नाम पनि ‘महाशिला’ नै राखिएको छ। पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा सडक यात्रा गरेपछि महाशिला ढुंगा पुग्न सकिन्छ।

‘मेहलढुंगा’ को नामले परिचित महाशिला ठूलो क्षेत्रफलमा फैलिएको एउटै ढुंगा हो। उक्त ‘महाशिला’ लाई एक फन्को घुम्दा बसालेको खाना (भात) पाक्छ भन्ने भनाइ छ।लुंखुदेउरालीसम्मै कालोपत्रे सडक पुगेकाले सहज छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि महाशिला ढुंगा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यसलाई उचित व्यवस्थापन गर्नको लागि गाउँपालिकाले काम गरिरशेको छ। गाउँपालिकाले १ सय ८ फिट भगवान शिवको मुर्ति निर्माणको काम अगाडि योजना समेत गाउँपालिकाको छ। दीर्घकालिन योजना अनुसार महाशिला क्षेत्रभित्र शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, दुई सय ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम समेत बनेको छ ।













