---Advertisement---

बलात्कार आरोपमा दुई जना पक्राउ

On: June 1, 2026 10:22 AM
Follow Us:

जिल्ला प्रहरी कार्यालय म्याग्दीले बालिका र किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–४ बागमाराका १८ वर्षीय ललित मास्की मगरलाई धवलागिरी गाउँपालिका–४ मुदीबाट प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई २०८२ चैत १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०८३ जेठ १४ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यसैगरी, २०८३ जेठ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २०८३ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीका आधारमा धवलागिरी गाउँपालिका–७ ताकमका ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । सुनारलाई पनि पक्राउ गरी पहिलो पटक पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

Leave a Comment