---Advertisement---

गाउँपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिता, उपाधी नारच्याङ र राम्चेलाई

On: June 1, 2026 10:11 AM
Follow Us:

शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिका समितिले आयोजना गरेको अन्नपूर्ण गाउँपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरु बिचको अनुभव आदानप्रदान सहित शैक्षिकसिकाईसँगै खेलकुदमार्फत सुमधुर सम्बन्ध बनाउन आयोजित प्रतियोगितामा महिलातर्फ अन्नपूर्ण गाउँपालिका–८, राम्चे र पुरुष तर्फ अन्नपूर्ण–४, नारच्याङ प्रथम भएको छ । गाउपालिकाभित्रका ८ वडाका शिक्षकहरुले एक वडा महिला र पुरुष टिम बनाएर प्रतियोगितामा सहभागिता जनाएका थिए ।


अन्नपूर्ण–३, दानास्थित ज्ञानप्रकाश माविको आवासीय ब्यवस्थापन सहित आयोजित प्रतियोगितामा प्रथम, द्धितियले क्रमश १५ हजार, १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन तिजिला, वडा अध्यक्ष रमेश पुर्जा, शिक्षक महासंघ जिल्ला अध्यक्ष रमन पुन, शिक्षा सहायक अधिकृत मेख बहादुर जिसीले पुरस्कार वितरण गर्नुभएको थियो ।


ब्यवस्थापन विद्यालय ज्ञानप्रकाश माविका प्रअ एवम् शिक्षक महांसघ अन्नपूर्णका अध्यक्ष शान्तबहादुर नेपालीले समाजसेवी कृष्ण तुलाचन हाल यूकेले उत्कृष्ट महिला र पुरुष शिक्षक खेलाडीलाई नगद ५ हजार, ट्रफीसहित खानाबस्नका लागि कुल २५ हजार, बल पुर्जा हाल यूकेबाट १५ हजार सहयोग प्राप्त भएको बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी महिलातर्फ रिजन तिलिजा, पुरुषतर्फ बिशाल थापा हुनुभएको खेलकुद संयिजक गोबिन्द थापाले जानकारी दिनुभयो । प्रतियोगिताको अवसरमा सामुदायिक विद्यालय बिचको सिकाई हस्तान्तरण सहित सम्बन्ध समेत प्रगाढ भएको प्रअ नेपालीको भनाई छ

Leave a Comment