---Advertisement---

गायक राम गगनको ‘यानीमाया’ बजारमा

On: June 1, 2026 9:44 AM
Follow Us:

लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको मौलिक भाका ‘यानीमाया’ को म्यूजिक भिडियो बजारमा आएको छ । लोकदोहोरीमा आधारित मौलिकता, मायाप्रेम, विभेदसहित विभिन्न विषयबस्तुमा आधारित गीतमा पछिल्लो समयकी लोकप्रीय गायीका शान्तिश्री र गायक गगनको आवाजमा रहेको छ भने म्यूजिक भिडियोमा गायक तथा कलाकार प्रकाश सपुत र लक्ष्मी मगरले अभियन गरेका छन् ।

राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको यानिमायामा गीत÷संगीत गायक राम गगन, निर्देशन सुनिल बिकको रहेको छ । गीतका टुक्काहरु टिकटकमा समेत अत्यधिक रुचाउन थालिएको गायक गगनले बताउनुभयो । गीतलाई यूटुवमा १ लाखभन्दा बढीले हेरेका छन् ।


म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनमा जन्मिनुभएका गायक गगनले एक दशक वढि सयम गीत संगीतमा बिताउनुभएको छ । गायक गगनको जाम भो साईली,हेर्दामा राम्रो बेनीको बजार सालैजो, जिन्दगी, साईलो दाई, पश्चिम हिडियो, घुमाईदेउ स्वर, घर छोड्दाको रात, चन्चले मायाले लगायतका गीतहरु लोकप्रिय भएका छन् ।

Leave a Comment