---Advertisement---

रास्वपा बेनी नगरको सभापतिमा राजबहादुर केसी

On: May 30, 2026 9:57 PM
Follow Us:


राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दी अन्तर्गत बेनी नगरपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा राज बहादुर केसी निर्वाचित हुनुभएको छ। शनिबार बेनीमा सम्पन्न अधिवेशनमा केसी र सरोजकुमार बानियाँ बिच प्रतिस्पर्धा भएको थियो । उपसभापतिमा यादव सुबेदी, सचिव काशीराम घिमिरे,सहसचिव जमुना जिसी रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा कमला दर्जी,पदम बहादुर खड्का,मन कुमारी थापा,गंगे दर्जी र सुवास थापा रहनुभएको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो । अधिवेशनको केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य केपी खनालले उद्घाटन गर्नुभएको थियो


अधिवेशनको अवसरमा केन्द्रिय सदस्य मोहनजंग थापा लगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशनबाट जिल्ला अधिवेशन प्रतिनिधि ४ जना, प्रदेश अधिवेशन प्रतिनिधि १ जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि १ जना समेत सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई रास्वपाका नेता दिपक श्रेष्ठले सपथ ग्रह्ण गराउनुभएको थियो । नवनिर्वाचित नगर सभापति केसीले पार्टीको संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता तथा जनमुखी राजनीतिक अभ्यासलाई थप मजबुत बनाउन यहाँहरूको भूमिका प्रभावकारी बनाउने बताउनुभयो ।

Leave a Comment