---Advertisement---

लोकदोहोरी गीत ‘भारी बिसाउने’ सार्वजनिक

On: June 1, 2026 5:53 PM
Follow Us:

नेपाली लोकदोहोरी संगीत क्षेत्रमा नयाँ गीत ‘भारी बिसाउने’ सार्वजनिक भएको छ। गीतमा गायक अनिलराज पाण्डे र गायिका देवी घर्ती मगरको स्वरमा रहेको गीतको शब्द तथा संगीत सुरेश राना मगरले सिर्जना गरेका हुन् भने संगीत संयोजन एचबीएन किस्मतले गरेका छन्। गीतको रेकर्डिङ ८१ डीबी स्टुडियोमा गरिएको हो।


यस गीतको म्युजिक भिडियोमा मौसम हिमाली र जुना विश्वकर्माको अभिनय रहेको छ। भिडियो निर्देशन विजय पुन र मौसम हिमालीले संयुक्त रूपमा गरेका हुन् भने भिडियोको छायांकन करण जैसिरले गरेका छन्। लोकदोहोरी शैलीमा तयार गरिएको ‘भारी बिसाउने’ गीतले नेपाली समाज, संस्कृति र जनजीवनका विविध भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतको शब्द, संगीत, स्वर तथा भिडियो पक्षलाई दर्शक–श्रोताले रुचाइरहेका छन्।

यो गीत Youtube Channel-Anil Raj Pandey official मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले लोकसंगीतप्रेमी दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। उत्कृष्ट प्रस्तुति, आकर्षक अभिनय र सशक्त संगीत संयोजनका कारण ‘भारी बिसाउने’ नेपाली लोकदोहोरी संगीत क्षेत्रमा एक उत्कृष्ट सिर्जनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।गीत निर्माण टिमले दर्शक–श्रोताहरूलाई गीत हेरेर, सुनेर तथा आफ्ना प्रतिक्रिया प्रदान गरी हौसला बढाइदिन अनुरोध गरेको छ।

Leave a Comment