अण्डर १८ जुनियर राष्ट्रिय भलिबल प्रतियोगिता गण्डकी प्रदेश च्याम्पियन भएको छ । काठमाण्डौमा सम्पन्न भएको १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो सेट २५–२० दोस्रो सेट २६–२४ गण्डकीलाई दवाव राखेपनि खेलमा गण्डकीको लोभलाग्दो कमब्याकले लगातार तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ र अन्तिम सेट १५–११मा जित हासिल गर्दै च्याम्पियन बनेकोे मुख्य प्रशिक्षक एवम् म्याग्दी जिल्ला भलिबल संघ अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
प्रतियोगितामा ७ प्रदेशबाट सहभागिता रहेको थियो । गतबर्ष समेत गण्डकी प्रदेशले उपाधि जितेको थियो । म्याग्दीसहित गण्डकी प्रदेशबाट छनौट भएका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा विजेतालाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बधाई समेत ज्ञापन गर्नुभएको छ। प्रतियोगितामा गण्डकी पुरुष टिमका मुख्य प्रशिक्षक बानियाँले खुसी व्यक्त गर्दै सबै खेलाडी लाई उत्पादन गर्न सहयोग गर्ने सबै प्रति धन्यवाद दिएका छन् ।















