जिल्ला प्रहरी कार्यालय, म्याग्दीले अवैध रूपमा लुकाई छिपाई राखिएका भरुवा बन्दुकहरू बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दी मातहतको अ.प्र.पोष्ट चिमखोलाबाट खटिएको प्रहरी टोलीले मिति २०८३ साल १० महिना २७ गतेका दिन म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ७, फेदिवनस्थित जंगलमा बेवारिसे अवस्थामा लुकाएर राखिएको एक नाले भरुवा बन्दुक ८ (आठ) थान फेला पारेको हो। प्रहरीले उक्त बन्दुकहरू नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
यस घटनासँगै जिल्ला प्रहरी कार्यालय म्याग्दीले हालसम्म बरामद गरेको कुल हतियारको संख्या १५० पुगेको छ।
उक्त घटनाबारे थप जानकारी दिँदै प्रहरी सूचना अधिकारी, प्रहरी निरीक्षक सागर तिमिल्सिनाले मिति २०८३-१०-२७ मा यो विवरण सार्वजनिक गर्नुभएको छ।









